अनेरास्ववीयू (क्रान्तिकारी) म्याग्दी क्याम्पसको अध्यक्षमा रेशम केसी
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २५ गते ।
अनेरास्ववीयू (क्रान्तिकारी) म्याग्दी बहुमुखि क्याम्पसको अध्यक्षमा रेशम केसी निर्वाचित हुनुभएको छ ।
रत्नेचौरमा शनिबार सम्पन्न सामुहिक वनभोज तथा क्याम्पस सम्मेलनले केसीको अध्यक्षता ३३ सदस्यीय मूल इकाई कमिटि चयन गरेकोे हो । समितिको उपाध्यक्षमा रसिला बस्नेत र युकेश कार्की, सचिवमा सन्दीप निउरे, कोषाध्यक्षमा सुस्मा पाईजा र सह सचिवमा मिलन कार्की निर्वाचित हुनभएको छ ।
कमिटिको सदस्यहरुमा प्रमिला पौडेल, धिरन खत्री, झपेन्द्र पुन, सारदा रेग्मी, शंकर शर्मा, सुदिप क्षेत्री, सुभद्रा रिजाल, सध्या परियार, सुदिप परियार, राम केसी, संगीता भण्डारी, हेलुन गर्वुजा, सुसन गर्वुजा, रमेश खत्री, भाईरथ पाण्डे, प्रेम केसी, जगदीश सुवेदी लगायत रहनुभएको छ ।

क्याम्पस मूल इकाई अध्यक्ष यामनाथ पौडेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बोल्दै अनेरास्ववीयू (क्रान्तिकारी)का प्रदेश नम्बर ४ का इन्चार्ज पुरन केसीले देशमा बदलिदो परिस्थितिसँगै शिक्षा नीतिमा समेत परिमार्जन गर्नु पर्ने बताउनुभयो ।
१० वर्षे जनयुद्ध देखि व्यवहारिक र बैज्ञानिक शिक्षाको लागि आन्दोलन गर्दै आएपनि अझै देशमा व्यहारिक शिक्षा लागु नसकेको बताउँदै केसीले अखिल क्रान्तिकारीले निरन्तर बैज्ञानिक व्यहारिक शिक्षाको वकालत गरिरहेको बताउनुभयो ।
त्यस्तै प्रदेश नम्बर ४ का संयोजक अमरदीप पराजुलीले देशमा शिक्षाककको क्षेत्रमा आमूल परिवर्तनमा नभएसम्म देशको विकास हुन नसक्नेमा जोड दिनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादी केन्द्रीय प्रतिनिधि परिषद् सदस्य गोविन्द पौडेल, जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमिरेले अखिल क्रान्तिकारीले राजनीतिक तथा विद्यार्थी आन्दोलनमा शसक्त योगदान पु¥याएको भन्दै आगामी दिनमा शैक्षिक परिवर्तनका एजेन्डामा अगाडि बढ्न आग्रह गर्नुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष सोमनाथ ढुंगाना, अनेरास्ववीयू क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य कुशल पौडेल, निवर्तमान जिल्ला अध्यक्ष प्रविण खत्री, क्रान्तिकारी पत्रकार संघ म्याग्दीका सचिव कमल खत्री, बाबुराम बोगटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
एकीकृत नेकपा माओवादीका जिल्ला स्तरका नेताहरु, जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु, अखिल(क्रान्तिकारी)का विभिन्न विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको इकाई सचिव रेशम केसीले सञ्चालन र सन्दीप निउरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसै वीच सामुहिक बनभोज भेलाबाट किशोर केसीको संयोकत्वमा ३१ सदस्यीय वाईसियल नगर सम्मेलन आयोजक समिटि गठन गरेको छ । ज्योति लामिछानेको संयोकत्वमा २१ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समिति समेत निर्माण गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्