बेनीमा एमालेको अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २४ गते । म्याग्दीको बेनीमा शुक्रबार नेकपा एमालेको धौलागिरी अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
नयाँ संबिधानको उपलब्धिको बारेमा गाउँ तहसम्म सन्देश प्रवाह गराउन कार्यकर्तालाई प्रशिक्षण दिने उद्देश्यले धौलागिरी अञ्चल समन्वय कमिटिले भेलाको आयोजना गरिएको हो ।
भेलामा म्याग्दी, बागलुङ र पर्वत जिल्ला कमिटिका पदाधीकारी, सदस्य, जनवर्गीय संगठनका प्रमुख, केन्द्रिय र अञ्चल कमिटिको नेता तथा सांसदहरुको सहभागिता रहेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र छविलाल विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो । नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं धौलागिरी ईञ्चार्ज गणेश तिमिल्सीनाको अध्यक्षता, बैकल्पीक केन्द्रिय सदस्य तथा सहईञ्चार्ज भुपेन्द्र थापाको सञ्चालन र एमाले म्याग्दीका अध्यक्ष श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
बैकल्पीक केन्द्रिय सदस्य मना केसीले कार्यक्रमको समापन गर्नुभएको थियो । यसैबीच नेकपा एमालेका उपाध्यक्ष ज्ञवालीले मधेसी मोर्चासंगको वार्ता सकारात्मक भएकाले अबको केही दिनमा नाकाबन्दी खुल्ने संकेत देखिएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले अबको केही दिनमा मधेशको आन्दोलन रोकीने र नाका पूर्ण रुपमा खुल्ने संकेत देखिएको बताउनुभयो ।
र्
विरगञ्जको रक्सौल बाहेकका अन्य नाका पूर्ण रुपमा खुलेको छ’ उपाध्यक्ष ज्ञवालीले भन्नुभर्यो मधेशी मोर्चासंगको वार्ता सकारात्मक रुपमा अघि बढेकाले मधेशको समस्या केही दिनमै समाधान भएर नाकाबन्दी खुल्ने सकारात्मक संकेत देखिएको छ ।’
भारतसंग मात्रै ब्यापारमा निर्भर हुनुपर्दा अहिले नाकाबन्दीको अवस्था सृजना भएको बताउँदै उपाध्यक्ष ज्ञवालीले अब चिनसंग पनि पारवहन सम्झौता गर्न सरकारले प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
उहाँले देशलाई आत्मनिर्भर बनाउन सबै जनताहरु उत्पादनमुलक काममा संलग्न हुनुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष ज्ञवालीले नेपालको संविधानले जनतालाई धेरै अधिकार दिएकाले विश्वकै उत्कृष्ट भएको दावी गर्नुभयो ।
ज्ञवालीले संबिधान कार्यान्वयन संगै नेपालमा आर्थिक सम्बृद्धी र विकासलाई अघि बढाउन राष्ट्रिय एकता र सहमतीको आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्