जिल्लावासीको शिर झुकाउने काम गर्दीन ः राज्य मन्त्री पुन
विकल्प/म्याग्दी
पुस १९ गते ।
नेपाल सरकारको नवनियुक्त पशु विकास राज्यमन्त्री नरदेवी पुनले आफ्नो कार्यकालमा जिल्लावासीको शिर नझुक्ने गरी काम गर्ने बताउनुभएको छ । मन्त्री पुनले पदमा रहुँञ्जेल सम्पूर्ण जिल्लावासीहरुको शिर उच्च हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्री पुनले आफ्नो कार्यकालमा जिल्लाको समग्र विकासका लागि केन्द्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राम्रो काम गरेर जिल्लाको नाम राख्दछु, मन्त्री पुनले भन्नुभयो, ‘मैले यसलाई अवसर र चुनौतीका रुपमा लिएकी छु ।’ राजनीतिक जिवनमा पार्टी र जिल्लाका लागि नोक्सानी हुने काम कहिल्यै नगरेको बताउँदै उहाँले मुलुकले दिएको जिम्मेदारीलाई कुशलतापूर्वक पुरा गर्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटी म्याग्दीद्धारा राज्य मन्त्री पुनलाई स्वागत तथा सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा मन्त्री पुनले देशले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले मुलुकको आर्थिक समृद्धि हाँसिल गर्नका लागि कृषकहरुको जिवनस्तर उठाउने योजनाहरु ल्याउने बताउनभयो । राज्य मन्त्री पुनले पशुपालनलाई व्यवसायिक बनाउन आफुले नयाँ योजनाहरु ल्याउने बताउनुभएको छ ।
मन्त्री पुनलाई आइतबार जिल्लामा भब्य स्वागत तथा सम्मान गरिएको हो । नेकपा एमाले म्याग्दीले आफ्नै पार्टी कार्यालयमा गरेको सम्मानमा जिल्ला कमिटी, पार्टीका विभिन्न जनवर्गीय संगठन, कर्मचारी, पत्रकार, शुभचिन्तक लगाएतले स्वागत तथा सम्मान गरेका थिए ।
म्याग्दी जिल्लाकै इतिहासमा महिला पहिलोपटक नेपाल सरकारको राज्य मन्त्रीस्तरीय पदमा पुग्न सफल राज्यमन्त्री पुनलाई सम्मान गर्दा शुभचिन्तक, आफन्त संगै राज्यमन्त्रीको पुनको समेत आँखा रसाएका थिए । म्याग्दी जिल्लाकै प्रभावशाली महिला नेतृका रुपमा चिनिने पुनलाई सम्मान गर्न जिल्लाका विभिन्न स्थानबाट समेत कार्यकता सदरमुकाम झरेका थिए । राज्यमन्त्रीको सपथ खाएलगत्तै काठमाण्डौबाट गृहजिल्ला आउनुभएकी पुनको सम्मानको क्रममा धेरैपटक आँखामा आँसु देखिन्थ्यो । सम्मानमा पुगेमा महिलाले सम्मानको क्रममा आँसु निकालेका थिए ।

२०५६ सालको संसदीय र ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएपछि पराजित भएपछि राजनीतिक भविस्यकै बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेको अवस्थामा दोस्रो संविधानसभामा समानुपातिक उम्मेदवार हुदै सभाषद हुदै राज्यमन्त्री हुनुभएकी पुन जनजाती भएपछि अन्य समुदायसंगको सम्बन्धलाई समेत राम्रो बनाउने नेताको रुपमा समेत चिनिनुहुन्छ । २०५६ सालमा १२ हजार १९६ र ०६४मा भएकोपहिलो संविधान सभामा१४ हजार ४५३ मत ल्याएकी पुन ले राजनीतिकसंगै शिक्षामा समेत पुनले राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

कुहुँ गाविस—७ भरजुलामा जन्मिएकी ४७ वर्षिय पुन २०४२मा शिक्षकको स्थाई पद छाडेर राजनितिमा सक्रिय भएकी हुन् । नेकपा एमालेको जिल्ला कमिटि उपसचिव, राष्ट्रिय परिषद् सदस्य, सांसद हुदै सरकारको राज्यमन्त्री सम्म पुग्नुभएको छ । राजनिति शास्त्रमा स्नाकोत्तर उतिर्ण पुन राज्यमन्त्रीमा नियुक्त भएपछि बधाईको ओइरो लागेको छ । सम्मान कार्यक्रमको संचालन सचिवालय सदस्य राजकुमार थापा, प्रमुख आथित्यता बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा, अध्यक्षता हरिकृष्ण श्रेष्ठ र स्वागत उपाध्यक्ष देवेन्द्र केसीले गर्नुभएको थियो । आइतबार नै जिल्लाको बरंजामा समेत सम्मान कार्यक्रम राखिएको छ । ठाकुरप्रसाद आचार्य,हरिकृष्ण गौतम

प्रतिक्रिया राख्नुहोस्