भारतमा बेचिएका ३० महिलाको उद्धार
१८ पुस, झापा ।
पछिल्लो एक वर्षमा भारतमा बेचिएका ३० महिलालाई स्वदेश फर्काइएको छ । स्वदेश फर्काइएका अधिकांश भारतीय सहर मुम्बईको कोठीमा बेचिएका थिए ।
माइती नेपाललगायत अन्य केही संस्थाको सक्रियतामा उनीहरुलाई स्वदेश फर्काउन सम्भव भएको हो । ‘भारतीय प्रहरी र बेचबिखनविरुद्धका संस्थाको सहयोगमा ३० जना महिलालाई पछिल्लो एकबर्षे अवधिमा उद्धार गरेर स्वदेश ल्याइएको छ,’ संस्थाको वाषिर्क प्रगति प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपाल पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले भने, ‘निकै ठूलो जोखिम मोलेर उनीहरुलाई स्वदेश फर्काउन सफल भयौं ।’
पारिवारिक सल्लाहबिना घर छाडेर हिँडेका अधिकांश महिला बेचिएको अवस्थमा फेला परेको नयाँ पत्रिकामा खबर छ । परिवारले हराएको भन्दै खोजीका लागि आग्रह गरेका कतिपय महिला बेचिएको अवस्थामा फेला परेको संयोजक घिमिरेले बताए । घरपरिवारबाट अचानक सम्पर्कबिहीन भएकामध्ये मुस्किलले २५ प्रतिशत महिला मात्रै भेटिने गरेका छन् । onlinekhabar
प्रतिक्रिया राख्नुहोस्