व्यवसायी सचेतना अभियानमार्फत कानुनी प्रक्रियाबारे जानकारी
बेनी, असोज ४ गते । व्यवसायी तथा उद्योगीहरूको हकहित संरक्षणसँगै व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले बेनी नगरपालिका ७ र ८ मा घरदैलो तथा व्यवसायी सचेतना अभियान सञ्चालन गरेको छ ।
संघका प्रथम उपाध्यक्ष लीलाराम गौतमको नेतृत्वमा संघका पदाधिकारी तथा सदस्यहरु सहितको टोलीले अभियानका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, खरिद–बिक्रीका लागि आवश्यक बिल–बिजक, करसम्बन्धी व्यवस्था तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित अन्य कानुनी प्रक्रियाबारे व्यवसायीलाई जानकारी गराइएको थियो ।
ADD
व्यवसाय सञ्चालनका क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा व्यवसायीलाई आइपर्ने समस्याबारे जानकारी र सहजीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रथम उपाध्यक्ष गौतमले बताउनुभयो ।
उहाँका अनुसार व्यवसायीलाई कानुनी प्रक्रियामा सहजता प्रदान गर्दै व्यवस्थित, पारदर्शी र जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।
अभियान ४ दिन सम्म सञ्चालन हुनुका साथै सघको सचिवालयमा अभिमुखिकरण कार्यक्रम समेत तय गरिएको संघका उपाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्