ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार ५ गते ।

समाचारको संक्षेपीकरण
- रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५० करोड ११ लाख ४० हजार रुपैयाँको बजेट पारित गर्यो।
- बजेट १९ औं गाउँसभा मार्फत उपाध्यक्ष प्रेमकुमारी पुन ले प्रस्तुत गर्नुभयो।
- नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ले प्रस्तुत गर्नुभएको थियो।
- बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, रोजगारी र आयआर्जन कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
- संघीय सरकारबाट:
- वित्तीय समानीकरण अनुदान: ९ करोड २८ लाख
- राजस्व बाँडफाँड: १० करोड २५ लाख ७३ हजार ८२०
- सशर्त अनुदान: २१ करोड ८८ लाख
- विशेष अनुदान: १ करोड २३ लाख
- समपुरक अनुदान: ७० लाख
- जम्मा: ४३ करोड ३४ लाख ७३ हजार ८२०
- गण्डकी प्रदेश सरकारबाट:
- समानीकरण अनुदान: १ करोड १ लाख ६७ हजार
- राजस्व बाँडफाँड: १ करोड १५ लाख
- समपुरक अनुदान: ६० लाख
- विशेष अनुदान: ४० लाख
- जम्मा: ३ करोड १६ लाख ६७ हजार
- आन्तरिक स्रोत: १ करोड ५ लाख
- चालु आवको बाँकी रकम: २ करोड ५५ लाख
- बजेट गाउँसभा सदस्यबीच छलफलपछि सर्वसम्मत पारित गरिएको हो।
- प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले प्रक्रिया सम्पन्न भएको जानकारी दिनुभयो।
म्याग्दीको रघुगंगा गाउँपालिकाले बिहिबार १९ औं गाउँ सभामार्फत आगामी आर्थिक २०८२÷०८३ का लागि वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ५० करोड ११ लाख बढीको बजेट पारित गरेको हो ।
#ADD

गाउँपालिका केन्द्र मौवाफाँटमा आयोजित १९ औं गाउँसभा मार्फत गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार ८ सय २० रुपियाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन,पर्यटन,सडक पूर्वाधार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको पालिका उपाध्यक्ष पुनले बताउनुभयो ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ ९ करोड २८ लाख,राजश्व बाँडफाँड तर्फ १० करोड २५ लाख ७३ हजार ८ सय २० रूपियाँ,सशर्त अनुदान तर्फ २१ करोड ८८ लाख,विशेष अनुदान एक करोड २३ लाख र समपुरक अनुदान तर्फ ७० लाख रूपियाँ गरी संघीय सरकारबाट ४३ करोड ३४ लाख ७३ हजार ८ सय २० रूपियाँ समावेश बजेटमा समावेश गरिएको छ ।
संघीय सरकार ████████████████████████████████ (८७%)
प्रदेश सरकार ███▌ (६.3%)
आन्तरिक राजस्व █ (२.1%)
बाँकी रकम ██ (५.1%)
यस्तै गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड एक लाख ६७ हजार,राजश्व बाँडफाँड तर्फबाट एक करोड १५ लाख,समपुरक अनुदान ६० लाख,विशेष अनुदान ४० लाख गरी ३ करोड १६ लाख ६७ हजार रूपियाँ बजेटमा समावेश गरिएको पालिका उपाध्यक्ष पुनले बताउनु भयो ।

यस्तै आगामी आवका लागि आन्तरिक राजश्व तर्फ एक करोड ५ लाख र चालु आवमा खर्च नभई बाँकी रहने अनुमानित रकम २ करोड ५५ लाख रूपियाँ बजेटमा समावेश गरिएको उपाध्यक्ष पुनले गाउँसभामा जानकारी गराउनुभएको थियो । गाउँसभामा अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सभाले पारित गरेपछि उपाध्यक्ष पुनले बजेट प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार,रोजगार र आयआर्जन वृद्धि हुने कार्यक्रमलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको गाउँपालिका अध्यक्ष भण्डारीले भण्डारीले बताउनुभयो । गाउँसभामा प्रस्तुत भएको बजेट गाउँसभाका सदस्यहरू बिच छलफल पश्चात पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।