जलजलामा बरामद भएका मदिरा नष्ट

विकल्प न्यूज/बेनी
जेठ २२ गते ।


पर्वतको जलजला गाउँपालिकाले बगरफा“ट, वारीवेनी क्ष्ँेत्रमा गरेको बजार अनुगमन क्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्यपदार्थलाई सोमबार पालिकामुकाम क्ष्ँेत्र रहेको लामाखेतमा खाडल खनी नष्ट गरेको छ ।

गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा, पालिकाका राजश्व शाखा प्रमुख कृष्ण प्रसाद रिजाल, वारीबेनी प्रहरी चौकीकाअसाई घनश्याम ढकाल समेतको टोलीले बरामद भएका अवैध मदिरा, म्याद गुज्रेका खाद्यपदार्थलाई खाडल खनी नष्ट गरेको हो ।

‘गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ, क्रमश सवै वडा र वस्तीका पसलहरु अनुगमन हुन्छ । म्यादगुज्रेका र सडेगलेका खाद्यान्न बेच्ने, कानुनी स्वीकृती नलिई मदिरा तथा सुर्ती जन्यपदार्थ बेच्ने, विद्यालय क्ष्ँेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ बेचेको भेटिएमा जफत गरी नष्ट गरिने छ’ गापा उपाध्यक्ष दीपक आचार्यले भन्नुभयो ‘अनुगमन बगरफा“टमा सीमित हुने छैन, कोही छुट्ने छैन, बरु अरुलाई सच्चिने अवसर बनेको छ ।’

ADV

राजश्व शाखा प्रमुख कृष्ण रिजालका अनुसार प्लास्टिक बोटलका मदिरा ५ कार्टुन, खुल्ला प्लास्टिक वोटल मदिरा ७३ पीस, घरेलु मदिरा ६० लिटर, अन्य मदिरा ४१ पीस समेत मसरुम सुप, अन्य मसला जन्यपदार्थ बरामद गरी नष्ट गरिएको हो ।