विकल्प न्युज/ बेनी
कार्तिक २९ गते । काेराेना विरूद्दकाे खाेप लगाउन बेनी अस्पताल मा रहेकाे खाेप केन्द्रमा लामवद्द सर्वसाधारणहरू । खाेप लगाउन अस्पतालमा सयौंको संख्यामा सर्वसाधारणको लामाे लाईन लागेकाे छ ।
१८ वर्ष भन्दा माथिका सवै नागरिकका लागि २२ हजार ६०० सय डाेज खाेप आएकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । जिल्लाका सवै वडाबाट खाेप लगाउने कार्यक्रम रहेकाे छ ।