म्याग्दीका थकाली समुदायले फागुपूर्णिमा(तोरनल्ह) मनाउन सुरु (फोटो फिचर)

विकल्प न्यूज/बेनी
बेनी,चैत ८ गते । DSC09429
म्याग्दीमा जिल्लामा वसोवास गर्दै आएका थकाली समुदायले फागुपूर्णिमा (तोरनल्ह) सोमबारबाट धुमधाम सँग मनाउन सुरु गरेका छन् ।
थकाली सेवा समिति बेनी क्षेत्रले तिनदिने फागुपूर्णिमा विशेष मेलाको आयोजना गरेको हो । थकालीहरुले फागुपूर्णिमालाई विशेष चाँढका रुपमा लिने गर्दछन् । DSC09434
थकाली समुदायले पनि फागुपूर्णिमाको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै यो चाड मनाउने गरिएको थकाली सेवा समितिका अध्यक्ष जगतनारायण गौचनले बताउनुभयो ।

DSC09484       DSC09480
म्याग्दीमा दाना, बेनीबजार र दरबाङ क्षेत्रमा गरी ३२५ घरधुरी थकाली समुदायको बसोबास रहेको छ ।
आदिवासी जनाजातिभित्र पनि थोरै संख्यामा रहेका थकाली समुदायको २०६८ सालको जनगणनाअनुसार देशभर कुल १५ हजार ५८१ जनसंख्या रहेको छ । यसैगरी नेपालमा १९ क्षेत्र र विदेशको जापान र युकेमा एकएक क्षेत्र रहको थकाली सेवा समितिले जनाएको छ ।DSC09462
पर्वको अवसर पारेर थकाली समुदायमा अत्यन्त लोकप्रिय तारो हान्ने खेल (धनुषवाण) प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गर्नुभएको थियो ।DSC09474
थकाली सेवा समितिका केन्द्रीय अध्यक्ष कृष्णकुमारी शेरचनले बेनी क्षेत्रले निर्माण गरेको भान्साकोठा तथा महिला भवनको उद्घाटन गर्दै थकाली काल संस्कृति र परम्परालाई संरक्षण गर्नु सवैको दायित्व भएको बताउनुभयो । सोही अवसरमा उनले बेनी क्षेत्रलाई नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।DSC09465
कार्यक्रममा म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल, जिल्ला आदिवासी जनजाति समन्वय समितिका उपाध्यक्ष ओम छन्त्याल, मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली, थकाली सेवा समितिका निवर्तमान केन्द्रीय सदस्य गोपाल भट्टचनले मन्तव्य राख्नुभएको थियो ।DSC09473
कार्यक्रम थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनको अध्यक्षता, उपाध्यक्ष कृष्णकुमार शेरचनको सञ्चालन र पूर्व केन्द्रीय सदस्य विमला गौचनको स्वागतमा सम्पन्न भएको थियो ।ठाकुरप्रसाद अचार्य