ताजा समाचार:
Search

बेनीमा नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरणलाई सहज बनाउन छलफल

विकल्प न्यूज/बेनी
चैत ६ गते ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको अञ्चल स्तरीय भेला शनिबार बेनीमा सम्पन्न भएको छ ।

महासंघको म्याग्दी जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वत जिल्लाका पुस्तक ब्यवसायी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा नयाँ शैक्षिक सत्रका लागि पुस्तक बिक्री वितरणलाई कसरी सहज र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।DSC01414

पुस्तक ब्यवसायीहरुले सामुदायीक विद्यालयमा समयमै पाठ्यपुस्तक पुराउन व्यवसायीलाई जिम्मा दिनुपर्ने माग गरेका छन् । यसैगरी निजी विद्यालयका पुस्तकहरु पनि पुस्तक व्यवसायीमार्फतनै बिक्री हुनुपर्ने उनिहरुको माग छ ।

जनक शिक्षा सामाग्री लिमिटेड र निजी विद्यालय आफैले पुस्तक बित्री वितरणको काम गर्दा समयमै पुस्तक उपलब्ध नहुने, वितरण व्यवस्थित नभएको र व्यवसाय धरासायी बनेको पुस्तक व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष ठाकुर शर्माले बताउनुभयो ।

यसैगरी पुस्तक अभाव हुन नदिन धौलागिरी अञ्चलका ब्यवसायीहरुले समन्वय गर्ने निर्णय पनि गरेका छन् । महासंघका केन्द्रिय सदस्य लिलाराम गौतमको अध्यक्षता, जिल्ला शाखा सचिव नवराज पौडेलको सञ्चालन, अध्यक्ष ठाकुर शर्माको स्वागत र केन्द्रिय महासचिव नवनिधी पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सन्तोष गौतम