ताजा समाचार:
Search

सिंगा तातोपानीमा स्वास्थ्य शिवीरबाट एक हजार तिन सय जना लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ चैत ।
म्याग्दीको बेनी नगरपालीका १३ सिंगा तातोपानीमा शनिबार सम्पन्न निशूल्क स्वास्थ्य शिवीरबाट एक हजार तिन सय जना भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् ।DSC01380

फिस्टेल हस्पीटल पोखराको प्राबिधिक सहयोगमा तातोपानी कुण्ड ब्यवस्थापन समिति र तातोपानी युवा कल्वले आयोजना गरेको शिवीरमा विभिन्न रोगका एक हजार जना सर्वसाधारणले सुबिधा प्राप्त गरेका हुन् । ८८४ जना महिला र ४३३ जना पुरुषहरुले निशूल्क स्वास्थ्य परिक्षण, परामर्श र औषधि उपचारको सुबिधा प्राप्त गरेका तातोपानी कुण्ड ब्यवस्थापन समितिका उपाध्यक्ष योगेन्द्र केसीले जानकारी दिनुभयो ।DSC01391

सिंगा, तातोपानी, बरंजा, कुहुँ र पुलाचौरका साथै तातोपानी कुण्डमा स्नानका लागि आएका देशका विभिन्न स्थानका सर्वसाधारणहरु शिवीरबाट लाभान्वित भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।DSC01366

शिवीरमा फिस्टेल हस्पीटल पोखराका चिकित्सक प्रदिप घिमीरेको नेतृत्वमा रहेको १० जना बिशेषज्ञ चिकित्सकहरुको टोलीले सेवा दिएको थियो । बाल, दन्त, नाक, कान घाँटी, सर्जीकल, हाडजोर्नी, नशारोग, पेट, छाती तथा मुटु, स्त्री तथा प्रसुती रोगका बिरामीको उपचारका साथै भिडीयो एक्सले, रत्तपरिक्षण, ईसीजी, प्रयोगशाला र जनरल फिजीकल सेवा दिइएको थियो ।

शिवीर सञ्चालन गर्न तालबाराही मन्दिर संरक्षण समिति पोखराका अध्यक्ष हिक्मत कुँवरले पहल गर्नुभएको थियो ।