युवा अभियानको टोली म्याग्दीमा
विकल्प न्यूज/बेनी
चैत ६ गते ।
नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा स्वमसेवकले सञ्चालन गरेको राष्ट्रघात, जनघात र भ्रष्टाचार विरुद्धको मेचीमहाकाली अभियानको टोली शनिबार म्याग्दीमा आएको छ ।
बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको टोलीले म्याग्दीका विभिन्न ठाउँमा देशका विरुद्ध भएका सन्धी सम्झौता, कालोबजारी, महँगी र भ्रष्ट्राचार विरोधी नारा लगाउँदै ¥याली निकालेका छन् । गलेश्वर, बेनी बजार, सिंगा तातोपानी र दरवाङमा ¥याली गरेको टोलीले जनाएको छ ।
बेनी बजारमा निकालीएको ¥यालीपछि जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा आयोजित कोण सभामा राष्ट्रिय युवा स्वमसेवकका धौलागिरी संयोजक नविन कुँवरले महँगी, कालोबजारी, अभावको दिगो समाधानका साथै राष्ट्रयताको पक्षमा जागरण सिर्जना गर्न मेची महाकाली अभियानमा निस्कीएको बताउनुभयो । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्