यस्तो छ भुतेखोलाको दह ! जहाँ पौडी खेल्न नजानुहोला (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
चैत ५ गते ।
म्याग्दीको काँफलडाँडा र पर्वतको वासखर्कको सिमाना भएर बग्ने भुते खोलामा रहेको दहको शुक्रबार प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य,जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल साहयक प्रमुख जिल्ला अधिकारी यामवहादुर चोखाल,यादवनाथ आचार्य र पत्रकार सहितको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

दहमा वर्षेनी पौडी खेल्दा युवाहरुको ज्यान गुमेपछि दहको अवस्थाका वारेमा प्रशासनले निरिक्षण गरेको हो । दहको निरिक्षण गर्दै प्रजिअ आचार्यले दहको पानी खोलेर फाल्नुपर्ने बताउनुभएको छ । 
दह हेर्दा निकै आकर्षीत भएकाले पनि युवाहरु पौडी खेल्न जाने गर्दछन् । दुई पहाडको खोचमा रहेकाले दह निकै गहिरो पनि छ । गहिरो दह भएकाले निकै खतरापूर्ण भएको प्रजिअ आचार्यले बताउनुभयो । यसलाई खतराको सुचिमा राख्नुपर्ने उहाँको भनाई छ । 
खोचमा संकलन भएर वसेको पानीलाई खोलेर दहलाई सामान्य अवस्थामा ल्याउन सकिने भू संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुुभयो । दहमा बुधबार मात्रै बेनी नगरपालिका ८ का प्रविण पौडेलको पौडी खैल्दा डुवेर मृत्यु भएको थियो भने एकवर्ष अघि पनि राँखुका एकयुवाले यसै दहमा पौडी खेल्दा ज्यान गुमाएका थिए । 
दहलाई सम्बन्धित सरोकारवाला निकायले चाँडै नै खोलेर सामान्य अवस्थामा ल्याउन पर्ने देखिन्छ । बेनीबजार र आसपासका युवाहरु बेनी जोमसोम सडकमा रहेको चमेरेमा खाजा खाना जाने र त्यहाबाट नजिकै रहेको दहमा पौडी खेल्न जाने गर्दछन् । गर्मी मौसम सुरु हुन लागेकाले युवाहरु दहमा पौडी खेल्न जानसक्छन् । दहलाई सामान्य अवस्थामा ल्याउनका लागि सवैको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया राख्नुहोस्