क्यान्सर पीडित अविनाशको उपचार खर्च जुटाउन नेविसंघको अभियान
विकल्प न्यूज/बेनी
चैत ३ गते । क्यान्सर पीडित अविनाश बानियाँको उपचार खर्च जुटाउनका लागि नेपाल विद्यार्थी संघले बेनीमा आर्थिक संकलन अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा बुधवार विद्यार्थीहरुले बेनीबजारमा घरदैलो गरेका हुन् ।
नेपाल बिद्यार्थी संघ माउण्ट एभरेष्ट उमाबि मुल ईकाई समितिको आयोजनामा मालिगेण्ट क्यान्सर पीडित बानियाँको सहयोगका लागि बुधबार बेनी बजारमा घरदैलो गरी ३६ हजार ७ सय ५५ रूपैयाँ संकलन भएको इकाइ समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभएको छ । क्यान्सर पीडित बानियाँको जिवन रक्षाका लागि सवैले सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ ।

क्यान्सरबाट पीडित भएका बेनी नगरपालिका ११ पुलाचौरका बानियाँको उपचारका लागि आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन यसअघि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियानको थालनी गरिसकेको छ । १८ बर्षिय बानियाँको उपचारका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न सवैमा विद्यार्थीहरुले आग्रह गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचारर्थ बानियाँका लागि करिब दशलाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्