म्याग्दीमा फेरी अर्को दुःखद घटना ः खोला डुवेर युवाको ज्यान गयो
विकल्प न्यूज /बेनी
म्याग्दी,चैत ३ गते । म्याग्दीमा बुधवार फेरी अर्को दुःखद घटना घटेको छ । बुधवार भुतेखोलामा पौडी खेल्दा एक युवाको ज्यान गएको छ । म्याग्दीको काफलडाँडा र पर्वतको बासखर्कको सिमानाबाट बग्ने खोलामा पौडी खेल्दा एक यूवाले ज्यान गुमाएका छन् ।
बेनी नगरपालिका वाड नं ८ वास्वोट स्थायी घर भएका वर्ष १८ का प्रविण पौडेलको खोलामा पौडी खेल्दा डुवेर ज्यान गएको प्रहरीले जनाएको छ ।

पौडेल परिवारका एक्ला छोरा हुन । बेनी जोमसोम सडकको राउँपारे देखि पारी काफलडाँडा र बासखर्कको सिमानबाट बग्ने भुते खोलामा बुधवार दिउसो तिनबजे तिर पौडेल सहित अन्य दुइ युवाहरु पौडी खेल्न गएका थिए ।
सोही खोलामा अघिल्लो बर्ष भगवतीका एक यूवाले ज्यान गुमाएका थिए । पौडेलको शव साँझ जिल्ला अस्पताल म्याग्दीमा ल्याइएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा विविएस दोस्रो वर्षमा अध्ययनरत पौडेलको निधनले परिवार,बासबोट गाउँ शोकमा डुवेको छ । क्याम्पसमा मिलनसार र सक्रिय यूवा पौडेलको मृत्युको खवरले म्याग्दी क्याम्पसमा पढ्ने विद्यार्थीहरु समेत शोकाकुल भएका छन् ।
एक पछि अर्को गरी खोलामा डुवेर ज्यान जान थालेपछि म्याग्दीबासी स्तब्ध भएका छन् । मंगलबार बेनपा–१२ डडुवाका १६ बर्षिय अनिल पाईजाको मृत्युभएको घटनाको ४८ घण्टा वित्न नपाउँदै फेरी अर्का युवाको ज्यान गएपछि म्याग्दी अहिले शोकमा डुवेको छ ।
प्रतिक्रिया राख्नुहोस्