ताजा समाचार:
Search

भुकम्पले चर्काएको भवन भत्काउन सेनाको श्रमदान

सन्तोष गौतम/विकल्प
म्याग्दी २ चैत ।
म्याग्दीको अर्थुङ्गे स्थित नेपाली सेनाको ईन्द्र बक्स गणले भुकम्पले चर्कोएको सामुदायीक विद्यालयको भवन भत्काउन श्रमदान गरेका छन् ।Paulatsya Uccha mavi (2)

बेनी नगरपालीका १२ भिरमुनीमा रहेको पौलत्स्य उच्च माविको जिर्ण भवन सुरक्षित रुपमा भत्काएर व्यवस्थापन गर्न सेनाहरुले श्रमदान गरेका हुन् । २५ जना सैनीकले चार दिनसम्म श्रमदान गरेर दुई तले दुई कोठे भवन भत्काएका हुन् ।

Paulatsya Uccha mavi (1)

शनिबारदेखि सुरु भएको भवन भत्काउने कार्य मंगलबार सकिएको हो । भवन भत्काउने कार्यमा स्थानीय बासीन्दाहरु पनि सहभागी भएका थिए । उक्त स्थानमा जिल्ला शिक्षा कार्यालयको सहयोगमा विद्यालयले शौचालय निर्माण गर्ने तयारी गरेको छ ।