धौलागिरी अञ्चल म्याग्दी जिल्ला बरंजा गाविस वडा नं. ४ आरवाङमा वुबा भविलाल सापकोटा र आमा रमादेवी सापकोटाको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएर २०६२ साल देखि औपचारिक रुपमा म्याग्दी जिल्ला र धौलागिरी अञ्चलको प्रतिनिधित्व गर्दै घेरै ठाँउमा पुगेर लोकदोहोरी प्रतियोगितामा सहभागीता जनाएर लोक संगितको दौडानमा उनले थुप्रै रेश जितेका छन् । उनै गायक म्याग्दीको लागि अहोरात्र संगीत क्षेत्रमा खटेका छन् । सापकोटा संग विगतमा भएका र सम्झन लायक कुराहरु र आगामी दिनमा उनको योजना के छन् त यसै सेरोफेरोमा अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादीत अंश ।
तपाईलाई हाम्रो मिडियामा स्वागत छ ।
अमृत जी तपाई र तपाईको यो लोकप्रिय मिडियामा मलाई आफ्ना कुराहरु राख्ने मौका दिनु भएकोमा तपाईको मिडियाको परिवारलाई पनि धेरे धेरै धन्यबाद ।
सांगितीक क्षेत्रमा यहाँको प्रवेस कसरी र किन भयो ?
हाम्रो धौलागिरी अञ्चल एक आफैमा संगीतले भरिपूर्ण छ । जहाँको माटोमा हावा पानीमा संगीतको धुन बजीरहेको छ । यही धर्तीमा जन्मीएर बाल्यकाल देखीको आफ्नो रुचीलाई पूर्णता दिन र म्याग्दीको पहिचान सांगितीक क्षेत्रमा आफूलाई चिनाउन यो क्षेत्रमा मैले पाइला चालेको हुँ ।
कसको प्रेरणा थियो यो क्षेत्रमा आउन ?
सर्वप्रथम त मलाई यो क्षेत्रमा प्रवेश गराउन र सांगितिक रस मेरो मनमा पसाउने मेरो गुरु कृष्ण जि.सी., घरपरिवार र विद्यालयका गुरुहरु र आफन्तहरुले यो क्षेत्रमा आउनको लागि साथ र प्रोत्साहन दिनु भयो ।
तपाईको परिवारको अवस्था कस्तो छ ?
मेरो सम्पूर्ण परिवार व्यवसायिक क्षेत्रमा हुनुहुन्छ । अहिले म पनि व्यवसायका साथ साथै सांगितिक क्षेत्रमा छु किन भने आफ्नो सानै देखिको लक्ष्य पुरा गर्नको लागि म यो क्षेत्रमा प्रवेश गरेँ ।
अहिले सम्म कति गीत बजारमा आए ?
अहिले सम्म मैले १५ वटा जतिमा गीतमा मैले स्वर दिएको छु । अहिले सम्म मैले आफ्नो र अरुको गरी भण्डै दुई दर्जन गीत बजारमा आएका छन् । अहिले भर्खरै पनि मायाँलाई छेकने डाँडै भयो अग्लो भन्ने बोलको गीत बजारमा आएको छ ।
तपाई अरुका गीत मात्र गर्नुहुन्छ की आफै पनि लेख्ने गाउने ?
भनिन्छ एक मानव जीउनको लागि गास, बास र कपासको आवश्यकता पर्छ त्यसैगरी गीतसंगितमा पनि शब्द संगितको स्वर चाहिन्छ त्यसैले मैले स्वर, शब्द संगित सबै आफै गर्छु ।
पहिलो गित ?
मैले स्वर दिएर रेकर्ड भएको पहिलो गित यो मायाँको छैन निको चाल भन्ने गीतको साइड ए मा सलल बग्यो गण्डकी भन्ने गीतमा मैले स्वर दिएको थिए र यो गीतले धेरै आमा बाबाको जादुभाइ दिदी बहीनको मन मस्तिष्कमा बस्न सफल भएको थियो । तथ्य कुरो भन्नु पर्दा मैले गाएको पहिलो गीत सवै उमेर समूहका मानिसको मन जित्न सफल भएको थियो ।
पहिलेको लोक संगित र अहिलेको लोक संगितमा के फरक पाउनु भयो ?
पहिलेका लोक दोहोरी गीत मौलिकता बोकेका हुन्थ्ये सबै मानिसको मन मस्तिष्कमाा गुञ्जीरहने खालका हुन्थ्यो भने अहिलेका गीत संगित बढि मायाँ प्रेममा आधारीत रहेर बनेका छन् । कतै मौलिकता हराउने होकी जस्तो पनि लाग्छ । समय परिवर्तन हुँदै जाँदा गीत संगितले आफ्नो मौलिकता नै गुमाउँछ कि जस्तो लाग्न थालेको छ यसलाई जोगाउनका लागि म प्रयास रत छु म लोक दोहोरी प्रतिष्ठान धौलागिरिको कोषाध्यक्ष पनि भएकाले यसलाई जोगाउन सबै सक्रिय हुन पर्छ जस्तो लाग्छ मलाई ।
अन्त्यमा के भन्न चाहनुहुन्छ तपाई र हाम्रा शुभ चिन्तकहरुलाई ?
मलाई लोक संगितको क्षेत्रमा लाग्नकालागि हौसला दिने मेरो जन्मस्थान र त्यहाँका बासिन्दा, विद्यालयका साथिहरु अनि मेरा गुरुहरु सबैलाइ सम्झन चाहन्छु । मलाइ यो क्षेत्रमा लाग्दा हौसला दिने मेरो बुबा आमा र मेरो परिवार, मेरो गीतलाई मायाँ गर्नु हुने दर्शक श्रोताहरु र अग्रजहरुलाई पनि म नसम्झी रहन सक्दिन ।