गीतमार्फत मतदातासँग जोडिँदै महावीर पुन
बेनी/ म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका महावीर पुनको चुनावी गीत सार्वजनिक गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै लोक तथा सालैजो भाकामा तयार पारिएको उक्त गीतमार्फत उहाँको सामाजिक र राष्ट्रिय योगदानलाई उजागर गर्दै मतदातासँग भावनात्मक सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको छ । प्रवासमा रहेका शुभेच्छुकहरूको सहयोगमा निर्माण गरिएको गीत अहिले चुनावी अभियानको आकर्षण बनेको छ ।
देव चोचाङ्गी पुन मगरकेो शब्द, संगीत र स्वर रहेको गीतको एरेन्ज महाराज थापा मगर र विश्वास आले मगरले सम्पादन गर्नुभएको छ । गीतमा महावीर पुनको सामाजिक र राष्ट्रिय क्षेत्रमा रहेको योगदानको समेत चर्चा गरिएको छ । मनोनयन दर्ता पछि म्याग्देली मतदाता भेटघाटका क्रममा पुनको घरदैलो अभियानको भिडियोहरुलाई म्युजिक भिडियोमा समावेश गरिएको छ ।
गीत र म्युजिक भिडियो निर्माणमा अमृत गर्वुजा पुन मगर , ओम बहादुर गर्वुजा पुन मगर , तारा गर्वुजा पुन मगर , कुमार गर्वुजा पुन मगर , निलम कुमार गर्वुजा पुन मगर र मधुराम राना मगरले सहयोग गर्नुभएको जनाईएको छ ।
प्रतिक्रिया राख्नुहोस्