ताजा समाचार:
Search

चिमखोलाको मण्डली ओझेलमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ चैत ।
धार्मीक तथा पर्यटकीय हिसावले प्रशस्त सम्भावना बोकेको म्याग्दीको चिमखोला स्थित मण्डली मन्दिर ओझेलमा परेको छ ।

पुर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा प्रशस्त भक्तजन तथा पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेको मण्डली मन्दिर ओझेलमा परेको हो । चिमखोला ५ मा अवस्थित मण्डली मन्दिर भक्तजन र पर्यटकको पखाईमा छ ।DSC00901

पुर्वाधार र प्रचारप्रसारको कमीका कारण मण्डली मन्दिर ओझेलमा परेको चिमखोला स्थित अमर माविका प्रअ पृथबहादुर थापाले बताउनुभयो । चिमखोला गाउँनजिकै भएरपनि मन्दिरसम्म पुग्ने व्यवस्थित पदमार्गको सुबिधा छैन् । मगर समुदायको बाक्लो बस्ती रहेको चिमखोला गाउँको सिरानमा अवस्थित मन्दिरको नियमित संरक्षण, सरसफाई र रेखदेखको कमी छ ।

DSC00913
हरेक वर्षको मंसिर पूर्णीमा र चैत पूर्णीमापक्षको मंगलबार मनाईने भुमिपुजाका अवसरमा बिशेष पुजाआजा हुन्छ । सो स्थानमा पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । मण्डलीमा मागेको बर पुरा भएमा भेडी र परेवाले बली चढाउने चलन रहेको स्थानीय बासीन्दा लालबहादुर पुनले बताउनुभयो ।

मण्डलीको बिशेषताको बारेमा प्रचारप्रसार नहुनु र पुर्वाधार तथा सुबिधाको कमीले पर्याप्त भक्तजन आउन नसकेको उहाँको भनाई छ । मण्डलीको दर्शन र पुजाआजा गर्न आउने भक्तजनले सडकमा भरपर्दो यातायात सुबिधा नहुँदा पैदल हिड्नुपर्ने र व्यवस्थित होटल तथा लजको अभावमा गासबासको समस्या भोग्ने गरेका छन् ।

स्थानीयबासीले निर्माण गरेको मन्दिर भित्र मण्डलीको मुर्ती राखिएको छ । मन्दिर परिसरमा हालै नेपाली सेनाको ईन्द्रबक्स गण र स्थानीय बासीन्दाले प्रतिक्षालय र शौचालय निर्माण गरेका छन् । मण्डलीको संरक्षण, व्यवस्थापन, पुर्वाधार विकास र प्रचारप्रसारका लागि संरक्षण तथा व्यवस्थापन समिति गठन गरेर पहल गर्ने तयारी भएको स्थानीय अगुवा धु्रब पाईजाले बताउनुभयो ।