किन समयमै निर्माण हुन सकेन मल्कबाङको लघुजलविद्युत आयोजना ?
हिरा बुढाथोकी, मल्कबाङ २ चैत्र ।
म्याग्दीको मल्कबाङमा ४ वर्ष अघी सुरु भएको नन्दिबाङ खोला लघु जलबिद्युत समयमै पुरा हुन नसक्दा बिजुली बाल्ने सपना बोकेका यहाँका जनताको चाहना अझै पुरा हुन सकेको छैन । धौलागेरी कम्युनिटी रेसोर्स डेभलपमेन्ट सेन्टर (DCRDC)बागलुङ्को सहजीकरणमा नेपाल सरकार विज्ञान तथा प्रबिधी मन्त्रालय, बैकल्पीक उर्जा प्रवर्द्वन केन्द्रको ग्रामिण उर्जा बिकास कोषबाट ८१ लाख ९० हजार अनुदान तथा स्थानिय समुदायको लागानीमा ४० किलो वाट उद्पादन क्षमताको यस योजनाको जन श्रमदान तथा समुदायबाट हुन पर्ने सबै प्रकारको काम सकिएको छ ।
बिभिन्न कारणले समयमै अनुदान रकम प्राप्त हुन नसक्दा बिद्युतिय जडान समाग्री कम्पनीले समयमै आवस्यक सामाग्री ढ्वानी गर्न नसकेपछी समयमा योजना सम्पन्न हुन नसकेको स्थानियको गुनासो छ ।
ढिला किन ?
प्राबिधीक सहयोगी संस्था धौलागेरी कम्युनिटी रेसोर्स डेभ्लपमेन्ट सेन्टर(DCRDC) बाग्लुङ,बिद्युतिय सामाग्री जडान तथा बिद्युतिय उपकरण उपलब्ध गराउन सम्झौता भएको कम्पनी धुलीखेल निर्माण सेवा प्राइभेट लिमिटेड तथा JVआरन इन्जीनेरिङ् प्राइभेट लिमिटेड लालितपुर र समुदाय बिच २०७० जेष्ठ ३० गते निर्माण सम्पन्न गरी बिजुली बाल्ने त्रीपक्षिय सम्झौता भएको थियो जसमा( DCRDC)को तर्फबाट साहयक इन्जिनियर दिपक थापा समुदायको तर्फबाट निर्माण समिती अध्यक्ष लाल बहादुर छन्त्याल र बिद्युतिय सामाग्री जडान तथा उपकरण उपलब्ध गराउने कम्पनीको तर्फबाट इन्जिनियर दीपेन्द्र पाठक र नरेन्द्र केसी ले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार बिद्युतिय सामग्री जडान तथा उपकरण उपलब्ध गर्ने कम्पनी धुलीखेल निर्माण सेवा प्राइभेट लिमिटेड तथा JV आरन लालितपुरले समयमै बिद्युतिय सामाग्री ढुवानी गर्न नसकेपछी तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेको निर्माण समितीका बिषेश सल्लाहकार तथा शिक्षक हरि छन्त्याल बताउनुहुन्छ । समुदायको तर्फबाट हुनुपर्ने सम्पुर्ण काम सकिएको छ बिद्युतिय उपकरण,तार पोल ट्रान्सफरर्मर डाइनोमा जस्ता महत्वपुर्ण सामाग्री अनुदान रकम मार्फत ल्याउने सम्झौता भएको छ अनुदान रकम समयमा निकासा नहुँदा सम्झौता भएको कम्पनीले सामाग्री दिन ढिला गरेको निर्माण समितिका अध्यक्ष लाल बहादुर छन्त्यालले बताउनु भयो ।
विज्ञान तथा प्रबिधी मन्त्रालय बैकल्पिक उर्जा प्रवर्द्वन केन्द्रको ग्रामीण बिकास कोषबाट २०७० चैत्र १३ गते प्रस्ताबित अनुदान रकम स्विकृत भएको थियो । ४२ किलो वाट क्षमताको बिद्युत उत्पादन तथा समुदायका २ सय १२ घरधुरीलाई बिद्युत बितरण गर्ने गरी ८१ लाख ९० हजार अनुदान रकम स्विकृत भए पनि बिद्युतिय सामाग्री जडान तथा उपकरण उपलब्ध गराउने कम्पनिले निकासा नपाएको भन्दै तार पोल लगाएतका सामाग्री समयमै ढ्वानी गर्न नसकेको हो ।
राजनितिक अस्थिरता र मापदन्ड अनुसार समयमै योजना सम्पन्न हुन नसक्नु नै नेपालमा बिकाश हुन नसक्नुको मुख्य कारण बन्दै आएकोछ । डिसी.आर.डिसी जस्ता अन्य आधा दर्जन बढी संस्थाहरुले बिदेसी दातृ निकाय सँग समन्वयन गर्दै नेपालको बिभिन्न ग्रामिण क्षेत्रमा बैकल्पिक उर्जा पुर्याउन बिषेश भूमिका खेल्दै आएको छ । नेपालमा गणतन्त्र आए पछिको पहिलो संबिधान सभापछी गठित तत्कालिन सरकारमा एकिकृत माओबादीको तर्फबाट आपुर्ती मन्त्री बनेका जनार्दन शर्माले ल्याएको रुकुम उज्यालो कार्यक्रममा एकपक्षिय ढङ्गले काम हुँदा म्याग्दीको मल्कबाङमा निर्माणाधिन नन्दिबाङ खोला लघु जलबिद्युत जस्ता अन्य थुप्रै योजनाहरुलाई असर परेको थियो । रुकुम उज्यालो कार्यक्रममा डिसी.आर.डिसी लगाएत अन्य ७ वटा संस्थाहरुले योजना तर्जुमा तथा सर्भे गर्ने जिम्मा पाएकोमा योजना मापदन्ड अनुसार काम हुन नसक्दा नन्दिबाङ खोला लघु जलबिद्युतका प्राबिधिक सहयोगी संस्था डिसि.आर.डिसी लगाएत अन्य संस्थाहरुले गर्दै आएको काममा रोक लगाइएको छ भने ग्रामिण बिकाशका लागी सहयोग उपलब्ध गर्दै आएको बिदेसी दातृ राष्ट्रहरु नर्वे र डेन्मार्कले सहयोग कटौती गर्दा अनुदान स्विकृत भइसकेका योजनाहरु प्रभाबित बनेका छन ।
कुलो निर्माणमा ध्यान नपुर्याउदा अप्ठेरो पर्न सक्ने ! :
गाबिसको वडा १ स्थित दोबील्लाबाट कुलोको मुहान सुरु भई नन्दिबाङमा बिद्युत गृह बनाइएको यस योजनाले कुलो निर्माण कार्यमा ध्यान पुर्याउन नसकेको गुनासो आएको छ । कुलो निर्माण गर्दा कुलो भन्दा तलको नापी नक्सा दर्ता दरान भएको भोकचलनमा रहेको खेती योग्य जग्गाहरुमा ढुङ्गा माटो जथाभाबी फालेको र भबिष्यमा पहिरोको जोखिम बढेको भन्दै उक्त जग्गावलाहरुको असन्तुष्टी देखिएको छ । हामी सँग कुनै सल्लाह बिना मनपरी ढुङामाटो खेटमा पल्टाउदै कुलो खनिएको छ यसको जिम्मा को हुन्छ ? हाम्रो खेतबारीमा कुलोको कारण पहिरोको जोखिम हुन सक्छ त्यसरी मनपरी गर्न पाइन्छ ? समयमै यसको सामाधान तथा जोखिम न्युनिकरण गरियोस होईन भने हामी क्षतिपुर्तिको लागी मुद्दा हाल्छौ असन्तुष्ट एक जग्गाधनीले आक्रोस पोखे ।
स्थानियको उत्साहजनक संघर्ष :
घाँस दाउरा बस्तुभाउ देखी खेतीबालीको कामले वर्ष भरीनै बेफुर्सदिलो रहने यहाँको समुदायले गाँउमा बिजुली ल्याउन ठुलो संघर्षका साथ कुलो निर्माण देखी बिद्युत गृह निर्माण सम्पन्न गर्न सफल भएका छन । २ सय १२ घरधुरीको प्रती एक घर एक जनाले ७५ देखी ८० दिन सम्म श्रमदान गरेको निर्माण समितिका सचिब धन बहादुर छन्त्यालले बताउनुभयो । अहिले सम्म जती पनि काम भएको छ समुदायको श्रम र बिदेशमा कार्यरत मल्कबाङ बासीको आर्थीक सहयोगले भएको छ त्यती हुँदा हुँदैपनी लक्षित समयमा निर्माण सम्पन्न हुन नसक्दा जनतामा एक किसिमको निराशा देखिएको छ । समुदायको शत प्रतिशत काम सकिएको छ अनुदान समयमै नपाउदा बिद्युतिय सामाग्री समयमै आउन सकेन अब आएको छ छिट्टै सम्पन्न हुन्छ छन्त्यालले थप्नुभयो ।
ट्रपाइन मेसिन पनि जडान भैसकेको छ ७० प्रतिशत घरहरुमा वाइरिङ्ग भैसकेको छ तार,पोल लगाएत बिद्युत उत्पदन गर्ने डाइनोमा मोटर र बितरण गर्ने यन्त्रहरु आउन साथ बिजुली बल्न धेरै दिन लाग्दैन निर्माण समितिका अध्यक्ष लाल बहादुर छन्त्यालले जानकारी गराए । यहाँको जनताले धेरै दु:ख गरेर महत्वपुर्ण काम गरेकाछन सिमेन्ट बालुवा ढुङ्गा माटो सँग संघर्ष गर्ने क्रममा कती जना घाइटे समेत भएका छन र कहिले बिजुली बाल्न पाइएला भनेर प्रतिक्षारत छन । गाँउलाई माया गरी आर्थीक सहयोग गर्ने बिदेशमा कार्यरत दाजुभाइलाई मर्म बुझ्दिन आग्रह गर्दै यथार्त स्थिती बुझेर सल्लाह सुझाब दिन सचीब धन बहादुर छत्यालले अनुरोध गरेका छन ।
हाल सम्म बिभिन्न देशमा कार्यरत मल्कबाङ्बासीको करीब ५० लाख भन्दा बढी सहयोग प्राप्त भएको र सोही रकम परिचालन गरी अहिले सम्मको काम भएको जानकारी गराउदै अन्य मुलुकमा कार्यरत मल्कबाङ्बासीलाई समेत सक्दो सहयोग गर्न निर्माण समितिले आग्रह गरेको छ ।
गत असार १८ गते बैकल्पिक उर्जा प्रबर्द्वन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धिताल र केन्द्रिय उर्जा कोषको सचिवालय प्रमुख पृथ्वी ज्ञावली द्वारा हस्ताक्षेरित पहिलो किस्ता बिद्युतिय सामाग्री जडान तथा उपलब्ध गर्न सम्झौता भएको कम्पनी धुलिखेल निर्माण प्रा.लि जेभी आरन इन्जिनियरीङ प्रा.लि लालितपुर लाई ३३ लाख २८ हजार ८ सय ९५ रुपैया र लक्षित बर्गको लागी ५ लाख १७ हजार ५ सय निर्माण समितिको खातामा स्थानान्तर गरिएको पत्र प्राप्त भए पनि फाल्गुन दोस्रो साता मात्र उक्त रकम सम्बन्धित कम्पनी र स्थानिय निर्माण समितिको खातामा आएको निर्माण समितिका अध्यक्ष लाल बहादुर छन्त्यालले जानकारी गराएका छन ।
५ महिना सम्म मुलुकले भोगेको नाकाबन्दीका कारण पनि समयमै बिद्युतिय उपकरण तथा जडान समाग्री ढुवानीमा बाधा बनेको बनेको स्थानिय शिक्षक हरि छन्त्यालको भनाइ छ ।
गुनासो प्रती समितिको भनाइ :
हिसाब किताब पारदर्सी नभएको २/४ जनाको कब्जामा रहेको र सबै निर्णय निर्माण समितिको सल्लाह बिना एकात्मक तबरले भएको भन्ने गुनासोको खन्डन गर्दै समिती सल्लाहाकार तथा शिक्षक हरि छन्त्यालले त्यस्तो नभएको स्पस्त पार्नु भएको छ । गाउ घरमा घास दाउरा खेतीपाती काम गर्ने हामी सबैजना सधै फुर्सदिलो हुँदैनौ बैठक बोलाउदा उपस्थिती नै हुँदैन पैसा बाड्नु छ भन्ने हो भने सबै काम छोडेर उर्लेर आउछन कुनै छलफल र निर्णय गर्न बैठक बोलाउदा कसैलाई पनि फुर्सद मिल्दैन योजनाको लागी चाल्नु पर्ने कदम र निर्णय रोक्न सकिने कुरा भएन त्यसो हुँदा अध्यक्ष सचिब कोषाध्यक्षले कतिपय कुरा अगाडी बढाएको छ छन्त्यालले भन्नु भयो ।
हाम्रो समाजको मान्छेमा एक किसिमको कम्जोरी छ जुन प्रत्यक्ष सहभागी नहुने बहिर बोल्दै हिड्ने अनि कसरी समाधान हुन्छ समस्या ! योजनामा अनियमिता भएको छैन सबै कुराको हिसाब किताब सुरक्षित छ योजना सम्पन्न पश्चात त्यसको सार्बजनिक हुन्छ । बिदेशमा कार्यरत दाजुभाइले गरेको सहयोगको पनि उच्च मुल्याङ्कन हुन्छ सचिब धन बहादुर छन्त्यालले भन्नुभयो ।
बिजुली बल्ने पक्का ! :-
राजिनिती अस्थिरता, समयमै अनुदान प्राप्त हुन नसक्नु र मुलुकले बेहोरेको लामो समय सम्मको नाकाबन्दी लगाएत बिभिन्न कारण निर्माण सम्पन्न हुन ढिला भएको यो योजना अब भने छिट्टै सम्पन्न हुने यहाँको समुदायले विस्वास लिएका छन । बिद्युतिय जडान सामाग्री शनिबार सदरमुकाम बेनी आइपुगेको र नब्बे प्रतिशत आतबार नै सडक सञ्जालको अन्तिम गन्तब्य बिमको अर्कला आइपुगेको शिक्षक हरि छन्त्यलले जानाकारी गराएकाछन । बिद्युत गृह कुलो जस्ता धेरै समय लाग्ने कामहरु सकिएको छ तार पोल गाड्ने तान्ने काम सकेपछी दुइवता ट्रान्स्फर्मर र डाइनोमा पोखरा देखी हेलिकप्टरमा पुर्याइने तैयारी रहेको छ । अब धेरै समय लाग्दैन लामो समय सम्मको मल्कबाङ बासिको चाहना पुरा हुँदैछ अध्यक्ष छन्त्यालले बताउनुभयो ।
सडक सञ्जाल सँग नजोडिएको र भौगोलिक बिकतताका कारण अर्कला देखी मल्कबाङ सम्म मन्छेले ढुवानी गर्नु पर्नेछ । बिशेस गरी फलामका पोलहरु ढुवानी गर्दा गाह्रो हुने देखिएको छ । बैदेशिक रोजगारका कारण युवाहरु बिदेश हुने र गाँउ घरमा महिला र बृद्व बृद्वा मात्र हुँदा गाह्रो काम गर्न जन शक्तिको अभाव हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्