विकल्प न्यूज /बेनी
पर्वत चैत १ गते । पर्वतको एक गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न प्रवासमा वस्ने पर्वतेलीहरुले सहयोग जुटाउन थालेका छन् । पेशा र रोजगारीको शिलशिलमा विदेशमा पुगेका पर्वतेलीहरुले जिल्लाको ठूलीपोखरी गाविसमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लाग्ने खर्च जुटाउन थालेका हुन ।
इजरायलमा रहेका पर्वतेलीहरुले ठूलीपोखरी गाविसमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा एकदिने निशुल्क स्त्री रोग एबम् पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक स्रोत जुटाउन थालेका हुन । विभिन्न रोग र पाठेघरको रोगबाट प्रताडित महिलाहरुलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविरको आयोजना गर्न लागिएको पर्वत सेवा समाज इजरायलका महासचिव दिया चापागाईले बताउनुभयो ।
शिविरलाई सफल रुपमा सम्पन्न गर्न सरोकारवाला सबैमा उहाँले अनुरोध गर्नुभएकोछ । आर्थिक संकलन अभियानमा सहयोग गर्नेहरु राजेन्द्र लामिछाने तिसहजार,शान्ता सुवेदी १५०००,नरेन्द्र क्षेत्री दश हजार,एकनारायण सुवेदी पाँचहजार र निर्मला नेपाल सुवेदीले पाँचहजार सहयोग गर्नुभएको छ । यसै गरी दिया चापागाइ पाँचहजार,लक्ष्मी सापकोटा, अर्जुन र सावित्री पौडेल तिनहजार,कुशुम कुमाल तिनहजार र कोपिला भुषाल दुइहजार पाँचसय रुपियाँ सहयोग उपलब्ध भएको समाजले जनाएको छ ।