ताजा समाचार:
Search

म्याग्दीका स्वास्थ्य प्रमुख न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

सन्तोष गौतम/विकल्प
म्याग्दी १ चैत ।
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोशन न्यौपानेलाई स्वास्थ्य मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार सहित सम्मान गरेको छ ।
मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने एक लाख रुपैया नगद सहितको पुरस्कारबाट न्यौपानेलाई आईतबार राजधानीमा आयोजित एक समारोहमा सम्मान गरिएको हो । मन्त्रालयको वार्षिक समिक्षा कार्यक्रमको समापनका क्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरी, सचिव शान्तबहादुर श्रेष्ठ लगायतले न्यौपानेलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।DR Rosan

मन्त्रालय अन्तरगतको जनस्वास्थ्य महाशाखाले गरेको स्थलगत अनुगमन, मूल्याङ्कनको आधारमा न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको हो । सिमित स्रोत, साधन र जनशक्तिको बावजुद पनि चिकित्सक न्यौपानेले जिल्लाको स्वास्थ्य सेवा, सुबिधामा सुधार ल्याउन गर्नुभएको पहल सहनीय मानिएको छ ।mohp यसैगरी देशभरका अस्पतालहरुमध्य यस वर्ष म्याग्दी जिल्ला अस्पताल उत्कृष्ट तेस्रो बनेको स्वास्थ्य प्रमुख न्यौपानेले जानकारी दिनुभयो । ‘पुरस्कारले थप उत्साहीत बनाएको छ’ चिकित्सक न्यौपानेले भन्नुभयो ‘स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन निरन्तर पहल गर्छु ।’
पाल्पा जिल्ला अस्पताल प्रथम र अछाम दोस्रो भएका छन् । हरेक वर्ष चार जनालाई दिइने स्वास्थ्य सेवा पुरस्कार यस वर्ष अछामका स्वास्थ्य प्रमुख डाक्टर शरदचन्द्र बराल, तेह्थुमको आम्बुङ स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत कैलाशकुमार गुप्ता, नुवाकोटको चौघडा स्वास्थ्य चौकीका सिनियर अहेव दिलीपकुमार चौधी र जिल्ला अस्पताल गोरखाकी स्टाफ नर्स सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।