ताजा समाचार:
Search

पचास हजार पाहुना भित्र्याउदै सकियो टोड्के महोत्सव

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,फागुन ३० गते ।
मध्य म्याग्दीको पर्यटकीय तथा धार्मीक हिसावले सम्भावनायुक्त टोड्केमा पचास हजार जना आन्तरीक पर्यटक भित्र्याउदै दोस्रो टोड्के महोत्सव शनिबार सकिएको छ ।
टोड्के क्षेत्र विकास कोषले कुुँहु, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका १२को सिमा क्षेत्रमा पर्ने टोड्केको सम्भावना उजागर र प्रचारप्रसारको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा पचास लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

फागुन २५ देखि २९ गतेसम्म सञ्चालन भएको महोत्सव मार्फत टोड्केमा पचास हजार जना आन्तरीक पर्यटक भित्रीएको र पचास लाख रुपैया बराबरको कारोबार भएको महोत्सव मुल आयोजक समितिका सचिवालय सचिव सागर सुवेदीले जानकारी दिनुभयो ।todke

उहाँका अनुसार होटल, खाजा पसल, स्थानीय उत्पादन र कृषि उपज सम्बन्धि १० वटा स्टल रहेको महोत्सवको अवलोकनका लागि म्याग्दीको विभिन्न ठाउँका साथै पर्वत, बागलुङ, कास्की जिल्लाबाट आन्तरीक पर्यटकहरु आएका थिए । महोत्सवको अन्तिम दिनमात्रै बिस हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन् ।

भलिबल, लोकदोहोरी गित प्रतियोगिताको साथै राष्ट्रिय तथा स्थानीय कलाकारको गित, टोड्के आसपासका बस्तीका परम्पारगत कला, झाँकी प्रर्दशनी, कृषि उपज, वन पैदावार र स्थानीय उत्पादनको प्रर्दशनी महोत्सवको आकर्षण गरेको थियो । समुद्रि सतहदेखि दुई हजार ३८० मिटरको उचाईमा अवस्थित महोत्सव स्थलबाट हिमशृङखला, सुर्योदय, गुरासे जंगल, मनमोहन पहाडी भुगोल र ग्रामिण बस्तीहरुको अवलोकन गर्न सकिने बिशेषता रहेको थियो ।

सरकारले गत असोज १० गते ३५ औ विश्व पर्यटन दिवसको अवसरमा पर्यटकीय गन्तब्य घोषणा गरेको टोड्केमा सञ्चालित महोत्सव सम्भावना उजागर, पर्यटन विकासका लागि सरोकारवालाको ध्यान आकर्षित गराउन र प्रचारप्रसारका लागि सफल भएको मुल आयोजक समितिका उपाध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।todke5

महोत्सवको अवसरमा स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा फागुन २७ गतेदेखि सुरु भएको शिवपुराण महायज्ञ भने चैत ७ गतेसम्म चल्ने जनाइएको छ । महायज्ञको तेस्रो दिनसम्म चार लाख ६१ हजार रुपैया संकलन भएको छ । महोत्वसमा पशुपती शर्मा, लाली बुढाथोकी, मुना थापा, कृष्णा परियार लगायतका कलाकारहरुले गित प्रस्तुत गरेका थिए ।
महोत्सवको अवसरमा आयोजित लोक दोहोरी गित प्रतियोगितामा म्याग्दी रमाइलो दोहोरी बेनी प्रथम र बागलुङ दोहोरी समूह दितृय भएका छन् । प्रथम र दितृयले ३० हजार र १८ हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । लठो तान्ने खेलको पुरुषतर्फ वाखेत प्रथम, कुहुँ दितृय र महिलातर्फ कुहुँ प्रथम तथा बाबियाचौर दितृय भएका छन् ।todke 8

महोत्सवको सहयोगार्थ कटाइएको भाग्यशाली चिट्ठा उपहार भने समिक्षा बैठकमा पत्रकार सम्मेलन गरेर सर्वजनीक गरिने मुल संयोजक मोहन खत्रीले बताउनुभयो । महोत्सवमा वन कार्यालयको वनपैदावार सम्बन्धि स्टल उत्कृष्ट बनेको छ भने कृषि उपज प्रर्दशनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो ।