विकल्प न्यूज /बेनी
म्याग्दी, फागुन ३० गते ।
नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखा म्याग्दीको शनिबार सम्पन्न १२औं साधारणसभा तथा चौथो अधिवेशनले टेकबहादुर भण्डारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपशाखाको उपसभापतिमा बसन्तबहादुर बोगटी, सचिवमा एकादत्त शर्मा र कोषाध्यक्षमा टेकबहादुर थापा रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा सन्तोष रावल, नेत्रबहादुर महत, एकेन्द्रबहादुर रावल, गणेशबहादुर महत र चन्द्रबहादुर महत रहेका छन् । कार्यक्रममा रेडक्रस जिल्ला शाखा म्याग्दीका मन्त्री अमर बानियाँको प्रमुख आतिथ्य र कोषाध्यक्ष याम शाक्यको विशिष्ट आतिथ्य रहेको थियो ।
उक्त कार्यक्रममा रत्नेचौर उपशाखाका निवर्तमान सभापति चिरञ्जीवी बोगटी, रत्न बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टेकबहादुर रावल, भूतपूर्व जिविस उपसभापति एकेन्द्रबहादुर रावल र रेडक्रस म्याग्दीका पूर्वउपभासपति नेत्रबहादुर महतले मन्तव्य राखेका थिए । कार्यक्रम उपशाखा सभापति सरितादेवी शर्माको अध्यक्षता, सचिव टेकबहादुर भण्डारीको सञ्चालन र सदस्य सन्तोष रावलको स्वागतमा सम्पन्न भएको थियो । प्रताप बानियाँ