विकल्प न्यूज/बेनी
फागुन २९ गते ।
एकिकृत नेकपा माओवादी निकट युवा संगठन वाईसीएलको शनिबार बेनीमा सम्पन्न भेलाले किशोर केसीको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरेको छ ।
२५ सदस्यीय सम्मेलन आयोजक कमिटिको सदस्यहरुमा लक्ष्मण किसान, सन्दिप कार्की, रिजन सापकोटा, चित्र गर्बुजा, देवेन्द्र चोखाल, प्रेम गुरुङ, अशोक खत्री लगायत रहनुभएको एकिकृत नेकपा माओवादी म्याग्दीले जनाएको छ । भेलाले आगामी बैशाख पहिलो हप्ताभित्र जिल्ला सम्मेलन गर्ने, सदस्यता वितरण, संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।
भेलालाई सम्बोधन गर्दै वाईसीएलका चार नम्बर प्रदेश संयोजक सुमन पौडेलले नेपालमा रुपान्तरण र परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको वाईसीएलले नयाँ संबिधान कार्यान्वयनमा सहजिकरण, विपद् ब्यवस्थापनमा स्वमसेवक, युवाहरुको नेतृत्व तथा क्षमत्ता विकास र सामाजिक क्रियाकलापमा अग्रसर रहेको बताए ।
उहाँले एकिकृत नेकपा माओवादीको निती, कार्यत्रम र योजना कार्यान्वयनमा वाईसीएलको सहयोगी भुमिका रहने बताउनुभयो । अखिल नेपाल खेलकुद महासंघका सचिव जिवन खाती, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमीरे, वाईसीएलका केन्द्रिय सदस्य पुनम खड्का लगायतले प्रशिक्षण दिएका थिए ।