फेरि खुल्ने भयो स्थायी शिक्षकका लागि विज्ञापन
विकल्प न्यूज/काठमाण्डौ
फागुन २९ गते ।
शिक्षक सेवा आयोगले माध्यमिक तहमा ६ सय ११ जना शिक्षक खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि आवेदन खुला गर्ने भएको छ । आयोगका अध्यक्ष ताना गौतमका अनुसार शिक्षक नियुक्तिका लागि आवेदन आह्वान गर्ने निर्णय भइसकेको छ । यसपटक माध्यमिक तहका लागि मात्र शिक्षक नियुक्ति गर्न लागिएको हो । प्राथमिक तथा निम्नमाध्यमिक तहमा भने विद्यार्थी अनुपातका आधारमा शिक्षक संख्या बढी भएकाले नयाँ शिक्षक नियुक्ति गर्नुनपर्ने शिक्षा विभागले यसअघि नै जनाइसकेको छ ।
अध्यक्ष गौतमले भने, ‘आवेदन आह्वान गर्ने निर्णय भइसकेको छ, पत्रिकामा सूचना जारी गर्न मात्रै बाँकी छ । दुई दिनभित्रमा सबै काम पूरा हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । ratopati
प्रतिक्रिया राख्नुहोस्