अनेरास्ववियू (क्रान्तिकारी) को हाजिरजवाफ प्रतियोगितामा लोकदीप प्रथम
धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,फागुन २८ गते ।
एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारी म्याग्दीको आयोजनामा भएको एसएलसी ओरिन्टेट हाजिरजवाफ प्रतियोेगिता शुक्रबार बेनीमा सम्पन्न भएको छ। उतm प्रतियोगितामा जिल्लाका विभिन्न १३ विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा लोकदिप आवसीय मावि प्रथम , न्यू वेष्ट प्वाइन्ट आवासिय उच्च मावि दितृय ,बेनी सामुदायिक उच्च मावि तृतिय र रघुगंगा मावि पिप्ले सान्त्वना हुन सफल भएका छन् ।
सफल विद्यालयलाई क्रमश नगद रु पाँच हजार पाँच, तिन हजार तिन, २ हजार दुई , १ हजार एक पुरुस्कार सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । त्यस्तै सहभागि विद्यालय तथा विद्यार्थीलाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सचिबालय सदस्य कुशल पौडेल र जिल्ला अध्यक्ष सुदिन पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो।
कर्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय सचिबालय सदस्य कुशल पौडेलले विद्याथीको हकहितका लागि र आउँदै गरेको एसएलसीको सहयोगका लागि केन्द्रित कार्यक्रमले रचनात्मक भुमिका खेलेको बताउनुभयो । अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष गणेश शर्माले स्वागत र सचिब यामनाथ पौडेल र रेशम केसीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको प्रसार प्रचार प्रमुख रेशम पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्