म्याग्दीमा एसएलसी परिक्षाकेन्द्रलाई व्यवस्थित बनाउन अनेरास्ववियुको माग
विकल्प न्यूज/बेनी
फागुन २७ गते । जिल्लामा एसएलसी परिक्षालाई व्यवस्थित र विद्यार्थी मैत्री बनाउन अनेरास्ववियु म्याग्दीले माग गरेको छ । यहि चैत्र २६ गते बाट सुरु हुने प्रवेशिका परिक्षालाई मर्यादित र विदयार्थी मैत्री बनाउन भन्दै जिल्ला शिक्षा कार्यालय म्याग्दीमा विहिबार ज्ञापन पत्र बुझाएको हो ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य प्रकाश पौडेलको नेतृत्वमा गएको विद्यार्थी सहितको टोलीले निमित्त जिशिअ विश्वप्रकास रेग्मीलाई ज्ञापनपत्र बुझाएको थियो ।

अनेरास्ववियुले परिक्षा अबधि भर प्रत्येक परिक्षा केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने र छात्रा विद्यार्थीहरुको लागि सेनेटरी प्याड उपलब्ध गराउन माग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । परिक्षा केन्द्रमा आइपर्ने सक्ने हरेक समस्याहरुको समाधानका लागि तयारी गर्न सम्बन्धित निकायलाई सचेत बनाइएको अध्यक्ष पौडेलले बताउनुभयो ।
परिक्षा केन्द्रमा साना साना समस्याका कारण परिक्षार्थीहरुको परिक्षा नै प्रभावित हुनेभएकाले सम्बन्धित निकायको ध्यानकर्षण गर्न ज्ञापनपत्र बुझाएको सहसचिव श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो । परिक्षा केन्द्रमा सहज वातावरण तयार गर्नुका साथै विद्यार्थी मैत्री बनाउन संगठनले माग समेत गरेको छ ।
पत्र बुझ्दै निमित्त जिशिअ रेग्मीले अनेरास्ववियु विद्यार्थीहरुले उठाएका मागहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । स्मरण रहोस् अघिल्लो बर्ष पनि अनेरास्ववियुले यस्तै माग गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्