कति नुन खान्छन धौलागिरीबासी ?
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,फागुन २६ गते ।
साविकको धौलागिरी अञ्चलको चार वटा जिल्लामा वार्षिक साढे चार करोड रुपैया भन्दा बढीको नुन खपत हुने गरेको छ ।
बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा नुनको आपूर्ती गर्दै आएको साल्ट टे«डीङ कर्पोरेशन बागलुङका अनुसार धौलागिरिमा वार्षिक साढे १७ हजार मेट्रिक्टन भन्दा बढी नुन खपत हुने गरेको छ ।
गत आर्थिक वर्ष २०७१७२ मा चार करोड ६२ लाख ६० हजार रुपैया मूल्य बराबरको १७ हजार ६३० मेट्रिक्टन नुन खपत भएको साल्ट टे«डीङ कर्पोरेशन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०७२७३ को दश महिनाको अवधिमा साल्ट टे«डीङका डिलरहरु मार्फत दुई करोड ६१ लख रुपैया मूल्य बराबरको १४ हजार पाँच सय मेट्रिक्टन नुन बिक्री भएको छ । चार हजार ५०० मेट्रिक्टन ढिके र दश हजार मेट्रिक्टन प्याकेटको आयोडिनयुक्त नुन बिक्री भएको हो ।
अघिल्लो र यस आर्थिक वर्षको दश महिनाको अवधिमा ढिके नुनको खपत बराबरी छ । पाँच लाख ४१ हजार जनसंख्याको बसोबास रहेको धौलागिरीमा आयोडिनका हिसावले सुरक्षित मानिने प्याकेटको आयोनुनको प्रयोग बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको दश महिनामा नौ हजार २५० मेट्रिक्टन प्याकेटको नुन बिक्री भएको थियो ।
साल्ट टे«डीङको तथ्याङक अनुसार गत वर्षको तुलनामा यस वर्ष ७५० मेट्रिक्टन बढी बिक्री भएको हो । खुल्ला रुपमा बिक्री वितरण हुने ढिके नुनमा राखिने आयोडिन उडेर जाने भएकाले उपभोगका लागि उपयुक्त मानिदैन् । आयोडिनको कमीले गलगाड आउने, बच्चाको मानसिक तथा शारिरीक विकासमा असर पुग्ने, गर्भपतन हुने, गाईबस्तुको उत्पादन क्षमत्ता कम हुने जस्ता समस्या देखिने गर्छ ।
साल्ट टे«डीङ, जिल्ला स्वास्थ्य कार्यालय र विभिन्न संघ संस्थाले आयोडिनयुक्त प्याकेटको नुनको सुरक्षित प्रयोग बृद्धी गरि आयोडिनको कमीले हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि समुदाय स्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्