देउवाले ट्विट गर्दै भने –अब निर्णायक मतदान गर्नुहोस्
२४ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूले जितिसकेको दाबी गर्दै मतदाताप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।
सोमबार बिहानै टि्वट गर्दै सभापतिका दाबेदार देउवाले भनेका छन्- ‘आदरणीय मतदाताहरु, तपाईहरुले मलाई विजयी गराइसक्नुभएको छ । म तपाईहरुको अमूल्य मतप्रति कृतज्ञता व्यक्त गर्दछु ।’
आफू विजयी भइसकेको दाबी गरेका देउवाले त्यसको १० मिनेटपछि अर्को टि्वट गर्दै भनेका छन्- आज २ बजेबाट सुरु हुने मतदान प्रक्रियामा सहभागी भई उही जोश र उर्जाका साथ निर्णायक मतदानका लागि हार्दिक अनुरोध गर्दछु ।’onlinekhabar
प्रतिक्रिया राख्नुहोस्