विकल्प न्यूज/बेनी
फागुन २४ गते । महाशिवरात्रीका अवसरमा म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाममा सोमबार विहानै देखि दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ । पर्वत,बागलुङ,पोखरा,काठमाण्डौ लगायत मुलुकका अन्य स्थानहरुबाट गलेश्वरको दर्शन गर्न भक्तजनहरु आएका छन् ।
भक्तजनलाई सहज पुजा गर्ने व्यवस्था गरिएको शिवालाय क्षेत्र विकास कोषका कार्यालय सचिव योगेन्द्र केसीले । बताउनुभयो । भक्तजनले लाइनमा बसेर पुजाआजा गर्ने गरी ब्यवस्था गरिएको छ भने सधैजस्तै मन्दिरमा रहेका नियमका बारेमा समेत स्वयमसेवकले भक्तजनलाई जानकारी गराउने ब्यवस्था समेत मिलाइएको छ । विभिन्न स्थानहरुबाट जोगी गलेश्वरमा भित्रिएका छन् । जोगीको गतिविधि समेत शिवरात्रीको प्रमुख आर्कषण मानिन्छ ।
शिवरात्रीमा दर्शन गर्न आएका भक्तजनलाई अन्न क्षेत्रमा निशुल्क भोजको ब्यवस्था गरिएको छ । धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको रहुँगंगा र कालीगण्डकीको पवित्र संगममा ९ रोपनी क्षेत्रफलमा पैmलिएको एउटै विशालचक्रशिला माथि अवस्थित गलेश्वरधाममा शिवरात्रीमा म्याग्दीका साथै विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गरेका छन् ।
विगतमा भक्तजनबाट गरिएको गुनासोलाई समेत मध्यनजर गरेर पुजाआजामा एउटै भक्तजनलाई धेरै समय खर्च गर्न दिइने छैन् । त्यसैगरी मन्दिर भित्र प्रवेश गरेलगत्तै जडान गरिएका सिसी क्यामेराले समेत भक्तजनहरूको निगरानी राख्ने छ ।
बर्षभरीकै अत्याधिक भक्तजन भित्रिने मन्दिरमा सुरक्षा, पुजा तथा बत्ति, गणेश मन्दिर दर्शन, नरिवल फुटाउने, शिवलिङ दर्शन, मन्दिर बाहिर टिकाप्रसाद, शिवचक्रशिला परिक्रम, जलपान, भोजन, गाडी पार्किङ, पुजासाम्रागी विक्री बजारका लागि गलेश्वर शिव यूवा क्लव, आमा समुह, सामुदायिक प्रहरी सेवा केन्द्र, विभिन्न संघसंस्थाको स्वयमसेवकलाई व्यवस्थापनमा खाटाइएको क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउभयो ।
मन्दिर पुजाआजामा आउने भक्तजनहरु विरामी भएमा तत्काल उपचारका लागि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी समेत खटाइने कोषले जनाएको छ । मन्दिरमा कुनै अप्रिय घटना हुन नदिन तथा चोरी लगाएतका गतिविधिलाई नियन्त्रण गर्न प्रहरीको सहकार्यमा स्वयमसेवकलाई समेत निगरानी गर्ने गरी खटाइएको छ । आज करिव २० हजारको हाराहारीमा भक्तजनहरूले गलेश्वरको दर्शन गर्ने कोषले अपेक्षा गरेको छ ।