दिदीबहिनी सहकारीले ग¥यो प्रजिअ पाठकको बिदाई
प्रताप बानियाँ /विकल्प
म्याग्दी, फागुन २२ गते ।
म्याग्दीबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको शनिबार सदरमुकाम बेनीमा विदाई भएको छ । महिलाहरुको आफ्नै सक्रियता र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले विदाई गरेको हो ।

सहकारीका सञ्चालक, कार्यसमिति र शेयर सदस्यहरुले प्रजिअ पाठकलाई अबिर र माला लगाई फुल दिएर बिदाई गरेका थिए । विदाई ग्रहणपछि बोल्दै प्रजिअ पाठकले आफ्नो कार्यकालमा म्याग्दी बसाई अत्यन्त सुखद रहेको प्रतिक्रिया दिएका छन् ।
उनले नाकाबन्दीले पारेको असरलाई न्युनीकरण गर्नेतर्फ बढी केन्द्रीत हुनुपरेको हुँदा जिल्लाको महत्वपूर्ण ठाउँहरुमा जाने सपना अधुरै रहेको बताउँदै प्रशासनिक काम गर्ने सवालमा कमीकमजोरी भएको भए त्यसलाई बिर्सिदिन आग्रह गरेका छन् । युवा स्वरोजगार कोष शुलभ कर्जा कार्यक्रम जिल्ला संयोजन तथा समन्वय समितिका संयोजक समेत रहेका प्रजिअ पाठकले सहकारीको लगानीलाई ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम दिदीबहिनी सहकारीका अध्यक्ष जमुना आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योती लामिछानेको स्वागत र सचिव विष्णु गौतम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्