शान्ति समाजले कालीगण्डकी सफाई अभियान सुरु गर्ने
विकल्प न्यूज/बेनी
फागुन २१ गते ।
म्याग्दीमा क्रियाशिल संस्था मानवअधिकार तथा शान्ति समाजले कालीगण्डकी सफाई अभियान सञ्चालन गर्ने भएको छ । संस्थाको शुक्रबार बेनीमा बसेको बैठकले फागुन २९ गतेदेखि हरेक हप्ताको अन्तिम शनिबार कालीगण्डकी किनार सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कालीगण्डकी किनारमा फालीने फोहोर व्यवस्थापन गर्ने, फोहोर नगर्ने सन्देश प्रवाह गराउने र धार्मीक तथा पर्यटकीय हिसावले महत्वपूर्ण कालीगण्डकीमा जलप्रदुषण न्युनीकरणका लागि अभियान सञ्चालन गर्न लागिएको शाखा सभापति मुक्ति ढुंगानाले जानकारी दिए ।
संस्थाले सफाई अभियानमा सहभागिताका लागि सार्वजनिक अपिल पनि गर्ने जनाएको छ । गत मंसिर ४ र ५ गते गलेश्वरमा भएको समाजको १८ औ राष्ट्रिय परिषद् बैठकले कालीगण्डकीलाई प्रदुषणमुक्त बनाउन सफाई अभियान सञ्चालन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्