कृषि विकास कार्यालय म्याग्दीमा भद्रगोल ः शुक्रबार दिनभर कार्यालय बन्यो कर्मचारी विहिन (फोटोसहित)
धिरन खत्री /विकल्प न्यूज
म्याग्दी,फागुन २१ गते । जिल्ला कृषि विकास कार्यालय म्याग्दी शुक्रबार कर्मचारी विहिन भएको छ । विकल्प न्यूज डटकम मध्यन्न ११ बजे कार्यालयमा पुग्दा कर्मचारीहरुको कार्यकक्ष पुरै खाली थियो ।
प्रायाःजसो कार्यालयमा कर्मचारी नवस्ने गुनासो सेवाग्राहीको आएपछि विकल्प न्यूज डटकम कार्यालयमा पुगेको थियो । यता कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत श्याम प्रसाद रिजालले कर्मचारी कार्यालयको काममा फिल्ड र केही कर्मचारी पोखरा तालिममा गएकाले खालि भएको दावी गरेका छन् । उनले यस्तो दावी गरेपनि कृषिमा कर्मचारीहरु भेटाउन मुश्किल पर्ने गरेको सेवाग्राहीहरु बताउँछन् । कार्यालयको काम भन्दै फिल्ड जाने भन्दै आफ्नो घरयासी काममा जाने गरेको कृषिका एक कर्मचारी बताउँछन् ।
शुक्रवार स्वयम प्रमुख रिजाल पनि कार्यालयमा उपस्थिति थिएनन् । यसै गरी योजना अधिकृत ज्योती लामिछाने पोखरामा योजना तर्जुमा गोष्ठीमा सहभागि हुन गएको कृषिले जनाएको छ । यस्तै प्रशासन शाखा,वालि संरक्षण शाखा,लेखा शाखा,बागवानी तथा कृषि प्रचारप्रसार शाखा दिनभर खालि रहे ।
तस्विरहरु हेनुहोस






प्रतिक्रिया राख्नुहोस्