म्याग्दीको विकासका लागि एक अर्ब ८७ करोडको बजेट प्रस्ताव
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ फागुन ।
आगामी आर्थिक वर्ष २०७३७४ का लागि म्याग्दीमा एक अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको बजेट प्रस्ताव गरिएको छ ।
जिविसले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा २४ औ जिल्ला परिषद्ले पारित गरेका योजना तथा कार्यक्रमका लागि प्रस्तावीत एक अबर ८७ करोड १९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनीक गरिएको हो ।
स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले चालुतर्फ ६ करोड १५ लाख ३२४ र पुँजीगततर्फ एक अर्ब २५ करोड ६६ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो । प्रस्तावीत बजेटमा सरकारी निकायतर्फ एक अर्ब ५८ करोड ३७ लाख ११ हजार र गैरसरकारी संघ संस्थातर्फ २८ करोड ८२ लाख २७८ रुपैयाँ रहेको छ ।
बस्ती, वडा नागरीक मञ्च, नागरीक सचेतना केन्द्र, गाविस, ईलाका, विषयगत समितिहुदै एकिकृत योजना तर्जुमा समितिबाट पारित भएका योजना तथा कार्यक्रमका लागि जिल्ला परिषद् मार्फत राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयमा बजेट माग गरिएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि म्याग्दीमा एक हजार १३८ वटा विकास योजना तथा कार्यक्रम माग भएका छन् । बजेटका साथै विकास गतिबिधि सञ्चालनका क्रममा अपनाईने नीतिहरुको बारेमा स्थानीय विकास अधिकारी पौडेलले जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद नवराज शर्माले योजनालाई ब्यवस्थित सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन सामुहिक पहल एवं कार्यान्वयनका लागि ठोस प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एकिकृत नेकपा माओवादीका अध्यक्ष चन्द्रबहादुर घिमीरे, राप्रपा नेपालका सचिव गब्य परियार, राप्रपाका अध्यक्ष एकेन्द्र रावल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी बिक, अखण्ड नपाल पार्टीका डम्मरबहादुर बानियाँ र राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर थापाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यसैगरी पुर्व सांसद गोविन्द पौडेल, पुर्व जिविस सभापति ओमप्रकाश शेरचन, उपसभापति भुपेन्द्र थापा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दीका कार्यबाहक अध्यक्ष ठाकुरप्रसाद आचार्य, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष बेगप्रसाद गर्बुजा, नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ र युवा महिला सञ्जालका सचिव लक्ष्मी बिकले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलको अध्यक्षता, जिल्ला ईञ्जिनियर ओमबहादुर केसीको स्वागत र शाषन विज्ञ सन्तेष पन्थिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया राख्नुहोस्