नवविकल्पका कार्यकारी सम्पादक गौतमलाई विकास पत्रकारीता पुरस्कार
विकल्प न्यूज/बेनी
फागुन १८ गते ।
नवविकल्प पत्रिका एवम् विकल्प न्यूज डटकमका कार्यकारी सम्पादक तथा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम मंगलबार विकास पत्रकारीता पुरस्कारबाट सम्मानीत हुनुभएको छ ।
जिल्ला विकास समिति म्याग्दीले २४ औ जिल्ला परिषद्को बजेट तथा कार्यक्रम सार्वजनीकरण कार्यक्रमका अवसरमा गौतमलाई नगद दश हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।
जिविसले स्थापना गरेको दुई लाख रुपैयाँको विकास पत्रकारीता अक्षयकोषबाट गौतम पहिलोपटक पुरस्कृत हुनुभएको हो । म्याग्दीमा क्रियाशिल पत्रकारहरुबीच खुल्ला प्रतिस्पर्धा र समाचारको मूल्याङ्कनको आधारमा पुरस्कार प्रदान गरिएको जिविसका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो ।
वि.स २०६४ देखि म्याग्दीमा पत्रकारीता गर्दै आएका २६ वर्षिय गौतम सगरमाथा टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस), नवविकल्प साप्ताहीक, म्याग्दी काली एफ एम, धौलागिरी टेलिभिजन, धौलाश्री डटकम, रातोपाटी लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्