नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा थजाली
विकल्प न्यूज /बेनी
फागुन १६ गते ।
नेपाल मगर संघ म्याग्दीको आइतवार सम्पन्न छैठौ जिल्ला अधिवेशनले मनप्रसाद थजालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । यसै गरी उपाध्यक्षमा ढकमायाँ पाईजा ,सचिव लोकेश पुन मगर, सहसचिव पुर्ण पुन, कोषाध्यक्ष रेशम जुग्जाली चयन भएको छन । २५ सदस्य रहेको कार्यसमितिमा खुल्ला तर्फ बालकुमार रोका,खमबहादुर थापा,ड्म बहादुर गर्बुजा,थमबहादुर गर्बुजा ग बहादुर पाईजा,ईसा पुन,कृष्ण बहादुर पुन,नरदेबि गर्बुजा,तिलक पुन मगर र महिला तर्फ टकसरा राना,हुलमाया तिलिजा,गमति सेरपुञ्जा, भपमाया पुन, याममति रोका,चुत्रा डगमी मगर,पालमति जूग्जाली,बिना फगामी मगर चयन भएको निवर्तमान सचिव राजकुमार थापाले जानकारी दिनुभयो । थापाका अनुसार सवै पदमा सर्वसम्मत भएको बताउनुभयो ।
कार्य समितिको पहिलो बैठकबाट बिभिन्न उप समिति तथा बिभागको कार्यविभाजन गर्ने सचिव पुन मगरले जानकारी दिनुभयो । अधिवेशनको शनिबार पशुपंक्षी मन्त्रि नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो । अधिवेशन उद्घाटन पूर्व बेनीबजारमा मगरसमुदायले विभिन्न झाँकी सहित ¥याली निकालेका थिए ।

प्रतिक्रिया राख्नुहोस्