मदन भण्डारी फाउन्डेशन म्याग्दीको अध्यक्षमा चन्द्रकुमार केसी
विकल्प न्यूज/बेनी
फागुन १५ गते ।
जननेता मदन भण्डारीको स्मृतिमा स्थापना गरिएको मदन भण्डारी फाउन्डेशनको अध्यक्षमा चन्द्रकुमार केसी चयन भएका छन् । शनिबार सदरमुकाम बेनीमा भएको भेलाले केसीको अध्यक्षतामा तर्दथ समिति गठन गरेको हो । समितिको सचिवमा गणेश बरुवाल, सदस्यमा प्रमोद श्रेष्ठ, तर्क केसी, जंग गर्बुजा, कृष्ण बहादुर बानियाँ,कुविर कुमार श्रेष्ठ, गोविन्द्र बानियाँ, डिपि शर्मा, घनश्याम खड्का, टेक बहादुर रावल, दिवा पुन, दिनेश केसी,राजु बानियाँ र दिलु विटालु रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि स्थायि कमिटी सदस्य शंकर पोख्रेलले फाउन्डेशनले पार्टीको निति तथा कार्यक्रमलाई समेत कार्यकर्ता माझ पु¥याउनुका साथै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए । सोही अवसरमा विषेश अतिथि फाउन्डेशकी केन्द्रिय अध्यक्ष उशाकिरण भण्डारीले समेत फाउन्डेश स्थापनाको उदेश्य र गर्नुपर्ने कार्यक्रम सहित यसले पार्टीका अभियानलाई पार्ने प्रभावका बारेमा बोलेकी थिइन् ।
अध्यक्षता फाउन्डेशनका केन्द्रिय सदस्य गणेश तिमिल्सेना, विषेश अतिथि फाउन्डेशकी केन्द्रिय अध्यक्ष उशाकिरण भण्डारी, फाउन्डेशनका केन्द्रिय देवराज घिमिरे, भुपेन्द्र थापा, एमाले म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
तर्दथ समितिका अध्यक्ष केसीले जिल्लाभर फाउन्डेशन मार्फत कार्यक्रमहरू सञ्चालन गरिने बताए । त्यस्तै सोही अवसरमा नारायण पुनको अध्यक्षतामा स्पोर्टस एकेडेमी समेत गठन गरिएको छ । सदस्यमा दिनेश केसी, हरी केसी, भिमसेन केसी, धनबहादुर पुर्जा, भूपेन बानियाँ,विषन राना, जिवन कार्की, चन्द्र घले, सुजन थापा, चन्द्र पाईजा,अनुप र्गाैचन र सुजन हमाल रहेका छन् ।
यसैविच फाउन्डेशनका आधिकारिक आफुहरू भएको बताउँदै अध्यक्ष हिक्मत श्रेष्ठ र सचिव चन्द्रमान छन्त्यालले हस्ताक्षर गरेर विज्ञप्ती जारी गरेका छन् । उनिहरूले आफुँहरु संस्थापन भएपनि कुनै जानकारी नगराई कार्यक्रम गरिएको आपत्ती जनाएका छन् । यता नवनिर्वाचत अध्यक्ष केसीले तर्दथ समिति गठन गरेको ६ महिना भित्र अधिवेशन गनुपर्नेमा ३ बर्ष वितिसक्दा समेत कुनै गतिविधि नभएकाले स्वत खारेज भएको बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्