म्याग्दी क्याम्पसमा पूर्व विद्यार्थी संघ गठन
विकल्प न्यूज /बेनी
म्याग्दी, फागुन १५ गते ।
म्याग्दी बहुमुखी क्याम्पसमा शनिबार सम्पन्न पूर्व विद्यार्थीहरुको भेलाले प्रकाश रेग्मीको अध्यक्षतामा १५ सदस्यीय पूर्व विद्यार्थी संघ गठन गरेको छ । क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेलाबाट गठन गरिएको संघको उपाध्यक्षमा योगेश शर्मा, सचिवमा विष्णु शर्मा, कोषाध्यक्षमा कविता सुवेदी र सहसचिवमा कमल बानियाँ रहेका छन् ।
यसैगरी संघको सदस्यहरुमा जमुना आचार्य, सुवर्ण रिजाल, शैलेस श्रेष्ठ, घनश्याम शर्मा, कर्ण खत्री, श्यामसुन्दर कँडेल, प्रदीप खत्री र सुनिता गौतम रहेका छन् । त्यस्तै संघको पहिलो वैठकबाट पूर्व विद्यार्थीमध्ये एकएक जना जनजाति तथा दलित विद्यार्थीलाई संघको कार्यसमितिमा मनोनित गरिने बताइएको छ ।
क्याम्पस प्रमुख टिकाराम सापकोटाले भेला आयोजना गर्नुको उद्देश्य र औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा अभिभावक संघका अध्यक्ष रामप्रसाद सुवेदी र स्वतन्त्र विद्यार्थी युनियनका संयोजक तेजेन्द्र बानियाँले मन्तव्य राखेका थिएभने नवनिर्वाचित अध्यक्ष प्रकाश रेग्मीले प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, सहप्राध्यापक रेखाकौशल रेग्मीको सञ्चालन र सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको स्वागतमा सम्पन्न भएको थियो । पछिल्लो समय क्याम्पसमा पढाइको गुणस्तर सुधार गर्नुभन्दा राजनीतिक हस्तक्षेप बढ्न थालेपछि यसअघि अभिभावक संघ गठन गरिएको थियो । यसैगरी आज पूर्व विद्यार्थी मञ्च गठन गरियो यी दुई संघले आगामी दिनमा क्याम्पसमा कस्तो भूमिका खेल्छन् त्यो भने हेर्न बाँकी नै छ । प्रताप बानियाँ
प्रतिक्रिया राख्नुहोस्