मैजु खल म्याग्दीको अध्यक्षमा ः तुलसीलता श्रेष्ठ
म्याग्दी, फागुन १५ गते ।
नेपाल भाषा मंका खल म्याग्दी अन्तर्गत रहेको महिलाहरुको समूह मैजु खलको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले तुलसीलता श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समूहको उपाध्यक्षमा रजनी श्रेष्ठ, सचिवमा सुगम श्रेष्ठ, कोषाध्यक्षमा जयन्ती श्रेष्ठ, सहसचिवमा सङ्गीता श्रेष्ठ, सहकोषाध्यक्षमा प्रमिला श्रेष्ठ र निवर्तमान अध्यक्षमा निर्मला श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको अवसरमा मैजु खलका सल्लाहकार तीर्थकुमारी श्रेष्ठलाई प्रमाणपत्र र करुवाले तथा प्रमुख अतिथि ज्येष्ठनारी भद्रकुमारी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल भाषा मंका खल म्याग्दीका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, निर्वाचन आयुक्त प्रकाश श्रेष्ठले मन्तव्य राखेका थिए ।

कार्यक्रम मैजु खलका निवर्तमान अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रजनी श्रेष्ठको स्वागत र कोषाध्यक्ष सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । प्रताप बानियाँ
प्रतिक्रिया राख्नुहोस्