वाईसीएल म्याग्दीको अभियान ः बेनपा १३ मा वडा कमिटी गठन
विकल्प न्यूज/बेनी
फागुन १५ गते ।
एकिकृत नेकपा माओवादीको युवा संगठन वाईसीएलको बेनी नगरपालीका १३ मा शुक्रबार वडा कमिटि गठन भएको छ ।
चयन्द्र श्रीसको अध्यक्षतामा गठन भएको २७ सदस्यीय कमिटिको उपाध्यक्षमा विजय कार्की, मनोज गुरुङ, सचिवमा सुदीप खत्री, सहचिवमा कुमार विक र कोषाध्यक्षमा महेन्द्र केसी रहनुभएको छ ।
सदस्यहरुमा दिपक सुवेदी, मुरारी आचार्य, कृष्ण केसी, राजन विक, सुमन विक, बाबुराम कार्की, नारायण केसी, किसान गुरुङ, मुकेश कुँवर, लाल मगर, लोकबहादुर बानिया, गिता बिक, नविन थापा, मदन कार्की, मनिष पुन लगायत रहनुभएको छ । एकिकृत नेकपा माओवादीका राष्ट्रिय परिषद् सदस्य गोविन्द पौडेल, जिल्ला कोषाध्यक्ष शेरबहादुर केसी, सदस्य भगवान खड्काको उपस्थिती रहेको भेला चिन्तामणी सुवेदीको अध्यक्षता र वाईसीएल बेनी नगर सम्मेलन आयोजक समितिका संयोजक किशोर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्