रेडक्रस बेनी उपशाखाको सभापतिमा राजेन्द्र श्रेष्ठ
सन्तोष गौतम/विकल्प
म्याग्दी १४ फागुन ।
नेपाल रेडक्रस सोसाईटी बेनी बजार उपशाखाको शुक्रबार सम्पन्न १३ औ अधिवेशनबाट राजेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
अपशाखाको उपसभापतिमा काशीराम रेग्मी, सचिवमा मुक्तिप्रसाद ढुंगाना, कोषाध्यक्षमा हृदयकुमार श्रेष्ठ, सहचिवमा मनोज पौडेल र सहकोषाध्यक्षमा तुलसीलता श्रेष्ठ चयन हुनुभएको छ । उपशाखा सदस्यहरुमा भुनु तिलीजा, ज्ञान गिरी, रुद्रप्रसाद सुवेदी, मानोनित सदस्यमा दलप्रसाद श्रेष्ठ र निवर्तमान अध्यक्षमा बिनोद श्रेष्ठ रहनुभएको छ ।
उपशाखाका निवर्तमान सभापति बिनोद श्रेष्ठको अध्यक्षता, जिल्ला शाखा उपसभापति सुवासकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, राजेन्द्रकुमार श्रेष्ठको स्वागत र काशीराम रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला शाखाका मन्त्री अमर बानियाँ, कोषाध्यक्ष याम शाक्य र साधारण सदस्य सुरजकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया राख्नुहोस्