दुई सहकारी बीच अनुभव आदानप्रदान
प्रताप बानियाँ/विकल्प
म्याग्दी, फागुन १२ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा बुधबार दुई सहकारीबीच एकापसमा घेटघाट तथा अन्तत्र्रिmया सम्पन्न भएको छ । बेनीमा महिलाहरुद्वारा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था र अमरदीप महिला उत्थान बचत तथा ऋण सहकारी भरतपुर चितवनका बिचमा परिचयात्मक कार्यक्रम गरिएको हो ।

चिवतनको सहकारीले आफ्नो पाँचदिने भ्रमण अवलोकन कार्यक्रम लिएर बेनी आएको अवसरमा सहकारीका भावना साटासाट र सहकारीको अवस्था एवं सञ्चालन प्रक्रियाका बारेमा अन्तत्र्रिmया र छलफल गरिएको दिदीबहिनी सहकारीले जनाएको छ । कार्यक्रममा दिदीबहिनी सहकारीका अध्यक्ष जमुना आचार्य र अमरदीप महिला उत्थान सहकारीका सचिव डम्बरकुमारी भण्डारीले आ–आफ्नो संस्थाका बारेमा जानकारी गराएका थिए ।
यसैगरी उक्त अन्तत्र्रिmया कार्यक्रममा दुवै सहकारीका सञ्चालक, कार्यसमिति, शेयर सदस्य र कर्मचारीहरुबीच परिचय गरिएको थियो । कार्यक्रम दिदीबहिनीका अध्यक्ष आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योती लामिछानेको स्वागत र सहसचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्