जहाज दुर्घटना अपडेट ः तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
विकल्प न्यूज /बेनी
फागुन १२ गते । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज म्याग्दीको दाना गाविस वाड नं २ को सोलेघोप्टे भिरको केकरवुट जंगल क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
दुर्घटनास्थलमा भर्खर पुगेका प्रहरी जवान फुलकुमार थापाका अनुसार जहाज जलिरहेको र शवहरु क्षतविक्षत अवस्थामा रहेको पाइएको छ । कुनै पनि शवहरु पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरी जवान थापाले टेलीफोनमा जानकारी दिनुभएको छ । उहाँले दुर्घटनास्थलमा आगो बलिरहेको बताउनुभयो ।

उद्दार लागि बेनीबाट प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र प्रहरी नायव उपरिक्षक विश्वराज खड्का सहितको टोली अहिले रुप्सेबाट माथितिर हिडिरहेको टोलीमा संलग्न पत्रकार सन्तोष गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार अझै दुइघण्टाको पैदल यात्रा पछि दुर्घटना स्थलमा पुग्न सकिने बताउनुभयो ।
विहान ७ बजेर ५० मिनेटमा यात्रु लिएर उडेको जहाज उडान भरेको केहि वेरमै सम्पर्क विहिन भएको हो ।
पोखरा विमास्थलको फाइल तस्बिर संगम प्रसाईं
प्रतिक्रिया राख्नुहोस्