अपडेट:: मौसम खराब भएपछि पोखरा फर्किएकाे हेलिकप्टर पुन: खाेजिका लागि उड्याे
पोखराबाट ७ बजेर ५० मिनेट जाँदा जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन भएपछि खोजिकार्यमा गएको हेलिकप्टर खराब मौसमका कारण पोखरा फर्किएर अहिले पुन: उडेकाे छ ।
म्याग्दीको रुप्से झरना र दाना क्षेत्र वरपर धुँवासँगै ठूलो आवाज आएको स्थानियले बताएपछि नेपाल प्रहरी र सेनाको स्थलगत टोली त्यता तर्फ गएको छ ।
मौसम खराब भएका कारण हवाई खोजीलाई केही समय रोकिए पनि पुन: खोजि सुरु भएकाे छ । kantipur

प्रतिक्रिया राख्नुहोस्