तारा एयरको जहाज ः म्याग्दी रुप्सेको पहाडमा दुर्घटना भएको आंशका
विकल्प /बेनी
फागुन १२ गते । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज म्याग्दीको दाना गाविसमा पर्ने रुप्से झरनाको माथिल्लो पहाडमा दुर्घटना भएको नारच्याङका स्थानीयवासी टेक वहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी जोमसोम सडक खण्डको रुप्से झरनाबाट दुर्घटना स्थलमा पुग्नका लागि करिव दुइघण्टा लाग्ने बताउनुभएको छ ।
विहान ७ बजेर ५० मिनेटमा यात्रु लिएर उडेको जहाज उडान भरेको केहि वेरमै सम्पर्क विहिन भएको हो । उद्दारका लागि बेनीबाट त्यसतर्फ प्रहरी,नेपाली सेना र स्थानीयवासीहरु लागेका छन् ।
पोखरा विमानस्थलले दिएको जानकारी अनुसार विमानमा चालक दलका तीन सहित २१ जना सवार छन् । उडान भरेपछि घोरेपानीसम्मको क्षेत्रमा सम्पर्क भएको र त्यसपछि सम्पर्क वाहिर गएको विमानस्थलले जनाएको छ ।
ढल्ब्ज्ज् कलसाईनको जहाज चालक रोशन मानन्धरले उडाएका थिए । हराएको विमानको खोजीको लागि पोखराबाट दुई वटा हेलिकप्टर परिचालन गरिएको छ । हेलिकप्टर अहिले घासामा ल्याण्ड गरिएको बताइएको छ । जहाजमा पोखराबाट जोमसोम २० मिनेटमा पुग्न सकिन्छ । घटनावारे थप विवरण आउन वाकी छ ।

प्रतिक्रिया राख्नुहोस्