पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्क विहिन
विकल्प न्यूज/बेनी
फागुन १२ गते । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क्विहिन भएको छ । विहान ७ बजेर ५० मिनेटमा यात्रु लिएर उडेको जहाज उडान भरेको केहि वेरमै सम्पर्क विहिन भएको हो । नारच्याङका स्थानीय टेकवहादुर पुनले रुप्से झरनाको आसपासमा ठूलो आवाज सुनिएको बताउनुभएको छ ।
पुनका अनुसार झरनाको माथिल्लो पहाडमा जहाज दुर्घटना भएको हुनसक्ने बताउनुभयो । अहिले बेनीबाट उद्धारका लागि प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।
पोखरा विमानस्थलले दिएको जानकारी अनुसार विमानमा चालक दलका तीन सहित २१ जना सवार छन् । उडान भरेपछि घोरेपानीसम्मको क्षेत्रमा सम्पर्क भएको र त्यसपछि सम्पर्क वाहिर गएको विमानस्थलले जनाएको छ ।
9NAHH कलसाईनको जहाज चालक रोशन मानन्धरले उडाएका थिए । हराएको विमानको खोजीको लागि पोखराबाट दुई वटा हेलिकप्टर परिचालन गरिएको छ । जहाजमा पोखराबाट जोमसोम २० मिनेटमा पुग्न सकिन्छ । घटनावारे थप विवरण आउन वाकी छ । फाइल तस्विर
प्रतिक्रिया राख्नुहोस्