अन्नपूर्ण हिमालमा हिमपहिरो – दाना र भुरुङ्ग तातोपानी धुलाम्मे
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन ११ गते ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने नारच्याङ, दाना र भुरुङ्ग तातोपानी मंगलबार बिहानदेखि धुलाम्मे बनेको छ । राती १२ बजेदेखि त्यसक्षेत्रमा अन्नपूर्ण हिमालतर्फबाट आएको धुलोले कुहीरोझै छोपीएको छ ।
नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ बेसक्याम्पबाट धुँवाको मुस्लो आएकाले त्यहाँ पहिरो गएको शंका गरिएको छ । अन्नपूर्ण साउथ हुदै बग्ने घलेम्दीखोलाको पानी धमिलो भएको कारण पहिरो गएको शंका गरिएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रहरी नायब निरिक्षक परशुराम जोसीले बताउनुभयो ।
मंगलबार बिहान नारच्याङ स्थित नेपाली सेनाको बेस क्याम्प, तातोपानी र दाना प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल खोच परेको र दुर्गम भएकाले थप जानकारी आउन सकेको छैन् । घुलोका कारण सर्वसाधारण घरबाहिरा निस्कन सकेका छैन् ।
नारच्याङमा निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाका मजदुरहरु बस्दै आएको क्याप छाडेर लेकगाउँमा गएर बसेका भुरुङ्ग तातोपानीबाट वुद्धी पुनले बताउनुभयो । धुलोका कारण हिमाल, पहाड केही पनि नदेखिएकाले जनजिवन त्रसीत बनेको उहाँले बताउनुभयो ।
घलेम्दी जलविद्युत आयोजनाका ईञ्जिनियर बिष्णु थापाले राती पहिरो गएपछि केहीबेर घलेम्दीखोला थुनिएको र अहिले समान्य अवस्थामा बगिरहेको बताउनुभयो । खोला बगेपनि पानी निकै धमीलो र लेदो सहितको भएको कार्कीले बताउनुभयो । नेपाली सेनाको ईन्द्रबक्स गणका प्रमुख सेनानी राजु कार्कीले सुरक्षाकर्मी घटनास्थल पुगेपछि मात्रै विस्तृत जानकारी आउने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्