काँग्रेस म्याग्दी– सभापतिमा खम्बिर गर्बुजा निर्वाचित
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन ११ गते । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ ।
छैठौ जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनको मंगलबार बिहान सम्पन्न मतगणना अनुसार २५७ मत प्राप्त गरेर गर्बुजा सभापतिमा निर्वाचित हुनुभएको हो ।
संस्थापन पक्षका गर्बुजाका प्रतिस्पर्धी देउवा पक्षका नेत्रबहादुर महतले १२६ मत प्राप्त गर्नुभएको छ । ४०४ जना मतदाता रहेकोमा ३८९ मत खसेको थियो । यसैगरी सचिवमा हरिकुमार श्रेष्ठले १८६ र कोषाध्यक्षमा टंक हमालले २०५ मत ल्याएर बिजयी हुनुभएको निर्वाचन समितिका सदस्य सागरजिवी उपाध्यायले जानकारी दिनुभयो ।
सचिवका प्रत्यासी अजयमिलन श्रेष्ठले १८२ र कोषाध्यक्षका प्रत्यासी अमृतकुमार श्रेष्ठले १६४ मत प्राप्त गर्नुभयो । जिल्ला कार्यसमितिको खुल्ला सदस्यतर्फ ओम छन्त्याल (२४४), कर्णबहादुर भण्डारी (केबी) (२४८), मिनबहादुर कार्की (२१४) र माधवप्रसाद रेग्मी (१९२) मत ल्याएर बिजयी हुनुभएको छ । यसैगरी अल्पसंख्यकतर्फ कमल छन्त्याल (२५१) र दलित तर्फ मनकुमारी बिक (१९२) मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।
महिलातर्फबाट अमृतादेवी बानियाँ, यमकुमारी गर्बुजा र सावीत्री बरुवाल तथा जनजाती सदस्यमा रेकबहादुर पुन जिल्ला सदस्यमा निर्वीरोध निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधिहरुमा खुल्ला तर्फबाट रेशमबहादुर बानिया (२४५), चिरञ्जिवी शर्मा (२१८), मुकुन छन्त्याल (१९२), तमबहादुर थापा (१८६), जितेन्द्र पुन (१५९) र भरत बहादुर रकालले (१६०) मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।
महाधिवेशन प्रतिनिधिमा महिलातर्फ बिमला गौचन (२३७) र सुमित्रा गर्बुजा (१७६), जनजातीतर्फ डमबहादुर गर्बुजा (२०५), अल्पसंख्यकमा धनबहादुर छन्त्याल (१४४) र दलिततर्फ बिरबहादुर बिक (कमल)ले (१६२) मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । माघ २५ गते सुरु भएको छैठौ जिल्ला अधिवेशन पार्टी सभापति शुशिल कोईरालाको निधनपछि स्थगित गरि सोमबार निर्वाचन भएको हो ।


प्रतिक्रिया राख्नुहोस्