लोकप्रियता कायम गर्दै बानियाँ
विकल्प/बेनी
फागुन १० गते ।
नेपाली काँग्रेस म्याग्दीका वर्तमान सभापति एवम् सांसद रेशम वहादुर बानियाँले आफ्नो लोकप्रियता कायम गर्न सफल हुनुभएको छ । नेपाली काँग्रेसको छैठौ अधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा बानियाँले सवै भन्दा धेरै मत प्राप्त गर्न सफल हुनुभएको हो । खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा बानियाँले सवै भन्दा वढी दुइसय ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

दोस्रो कार्यकालका लागि पुन सभापतिमा उम्मेदवारी दिनुभएका वानियाँले संस्थापनकै जनजाति नेता तथा वर्तमान उपसभापति खम्बिर गर्बुजा आकाक्षी भएपछि बानियाँले आफ्नो उम्मेदावरी फिर्ता लिइ गर्बुजालाई समर्थन गर्नुभएको हो ।
पछिल्लो समय बानियाँ सांसदमा मनोनयन भएपछि जिल्ला स्तरीय केही काँग्रेस नेता तथा कार्यकर्ता बानियाँको विपक्षमा उभिएका थिए । बानियाँलाई सिमित कार्यकर्ताको पछि लागेर गुटको राजनीति गरेको भन्ने आरोप लाग्ने गरेको थियो ।
म्याग्दीको काँग्रेस राजनीतिमा जुझारु र प्रष्ट वक्ताका रुपमा लिइने नेता बानियाँ पुन सभापतिमा उम्मेदवारी दिएमा बानियाँलाई पराजित गराउन काँग्रेस भित्रको एक समुह लाग्ने बताइएको थियो । महाधिवेशन प्रतिनिधिमा बानियाँले प्राप्त गरेको मतले अहिले ति कुरा सवै फिक्का सावित भएको एक काँग्रेस नेताले बताए । उनका अनुसार बानियाँ पुन सभापतिको उम्मेदवारी बनेको भए अत्याधिक मत प्राप्त गरी विजयी हुने दावी समेत गरे ।
जिल्लाका अर्का लोकप्रिय नेता चिरञ्जीवि शर्मालाई समेत बानियाँले पछी पारेका छन् । शर्माले दुइसय १८ मत प्राप्त गरी दोस्रो हुनुभएको छ । शर्मा पनि जिल्लामा लोकप्रिय काँग्रेस नेताका रुपमा चिनिनुहुन्छ । शर्मा पछिल्लो समय शेरवहादुर देउवा पक्षदर हुनुहुन्छ । जिल्लामा देउवा पक्षदरका सभापतिका उम्मेदवार नेत्रबहादुर महतलाई उहाँको बलियो समर्थन छ ।

प्रतिक्रिया राख्नुहोस्